बागमतिसमाचार

वडा अध्यक्ष ढुङ्गेलद्वारा प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा

सिन्धुली, २३ बैशाख २०७७

यहाँको कमलामाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामहरी ढुङ्गगेलले प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नु भएको छ ।
कमलामाई नगरपालिकाले कोरोना भाईरसको संकटमा आर्थिक अभाव हुन नदिन बनाएको कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गर्नु भएको हो ।

उहाँले व्यक्तिगत रुपमा दश हजार रुपैंया आज जम्मा गरेको जानकारी दिनुभयो । सवैको सहयोगले कोरोना भाईरससंगको लडाइमा जित्न सकिने भन्दै आर्थिक अभाव हुन नदिने उद्धेश्यले आफेले सकेको सहयोग गरेको उहाँको भनाई छ । वडा अध्यक्ष ढुङ्गगेलले कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीलाई रकम हस्तान्तरण गर्नु भएको कमलामाई नगरपालिकाले जनाएको छ ।

Comment here