बागमतिसमाचार

लकडाउनमा ५ हजार भन्दा बढीलाई जनप्रतिनिधिले गरे उद्धार

सिन्धुली, २१ बैशाख २०७७

लकडाउनको समयमा सिन्धुलीमा ५ हजार २ सय जना जिल्लामा आएको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । लकडाउनका समयमा देशका विभिन्न स्थानमा मजदुरी गर्नेहरुलाई स्थानीय तहले ल्याएका हुन् ।

लकडाउनको समयमा मेयर खड्गबहादुर खत्रीका अनुसार कमलामाईले २००, मेयर घनश्याम राउतका अनुसार दुधौली नगरपालिकाले १ हजार ५ सय, उपाध्यक्ष पदममाया तामाङ्गका अनुसानर तीनपाटन गाउँपालिकाले १ हजार १ सय, फिक्कल गाउँपालिकाका प्रवत्ता राजु बरालका अनुसार फिक्कल गाउँपालिकाले ५ सय, अध्यक्ष दिपा बोहोराका अनुसार सुनकोसी गाउँपालिकाले ५०० ल्याएको र ८ हजार पैदल हिड्नेलाई गन्तव्यमा पठाईएको छ ।

यस्तै अध्यक्ष कारसाङ लामाका अनुसार हरिहरपुरगढी गाउँपालिकाले ९०० र मरिण गाउँपालिकाले जिल्ला विभिन्न स्थानबाट गरि ५ सयको संख्यामा मजदुरलाई उद्धार गरेको अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो । उद्धार गरेकाहरुलाई घर पठाउनु अघि ज्वरो जाँच गर्दै होम क्वारेन्टाईनमा नै बस्ने गरि पठाईएको जनप्रतिनिधिहरुले बताएका छन् । उनीहरुको स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मी लगाएतको टोलिले निगरानी गरि रहेको बताईएको छ ।

कमलामई नगरपालिकाले काठमाण्डौ, दुधौली नगरपाकिाले काठमाण्डौ, धादिङ, तीनपाटन गाउँपालिकाले काठमाण्डौ पोखरा, फिक्कल गाउँपालिकाले काठमाण्डौ पोखरा, धादिङ, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिकाले काठमाण्डौ, हरिहरपुरगढी गाउँपालिकाले काठमाण्डौ, चितवन, हेटौडा, महोत्तरीबाट मजदुरको उद्धार गरि ल्याएको थियो भने मरिण गाउँपालिकाले विभिन्न सवारी साधनमा जिल्लामा आएका तर गाउँपालिका सम्म आउन नसकेकाको उद्धार गरेको बताईएको छ ।

यसरि मजदुरहरु गाउँ–गाउँमा भित्रिदा स्थानीयमा कोरोनाको त्रास बढेको बताएपनि उद्धार गरिएकाहरुको निगरानी गर्दै गरिएको र शंका लागेमा क्वारेन्टाईन तथा अइसोलेसनमा राखेर उपचार गर्ने प्रबन्ध मिलाईएको उक्त जनप्रतिनिधिको भनाई छ । उहाँहरुले कोरोनाबोट त्रसित हुनु भन्दा पनि भौतिक दुरी कायम गरि संयमित बन्न आग्रह रहेको छ ।

Comment here