समाचार

डा रुना झा कोरोना विरुद्द अग्रपंक्तिमा काम गर्ने विश्वको ५ महिलाको सूचीमा

काठमाडौं, २० बैशाख / कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पर्नु भएको छ । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई पनि राखेको हो ।

यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा झाको कथा पनि समावेश गरेको छ । युनएन वुमेनले ‘कोभिड रेसपोन्समा फ्रन्टलाइनमा काम गने ५ महिला’ को सूचीमा नेपालकी डा झाको नाम सहितको विवरण उल्लेख गरेको हो ।
सो रिपोर्टमा कोभिड १९ को सुरुवात भएसँगै विश्वभरका महिला र केटीहरुको जीवनमा विभिन्न खाले चुनौति आइरहेको समेत उल्लेख गरेको छ । सयौं चुनौतिका बावजुत विश्वभरका लाखौं महिला कोभिड १९को नियन्त्रणका लागि अग्रस्थान रहेर जिम्मेवारी निभाइरहेको भन्दै युएन वुमेनले उहाँको सेवाका लागि धन्यवाद दिएको छ । ती धेरै महिला स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताका रुपमा काम गरिरहेका छन् ।
कोभिड १९का पाँच महिलाको कथामा नेपाली रुना झाले कोरोना भाइरस परीक्षणमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको विवरण उल्लेख छन् ।

यूएन वुमेनले भनेको छ,‘उनी र उहाँको टीमले दैनिक रुपमा करिब ७० ओटा नमुना परीक्षण गर्ने गर्छन् । दैनिक अनिश्चित संख्यामा नुमना आउने कारण ढिलासम्म ल्यावमा बस्नु भएको छ ।’

प्राविधिक कामसँगै आफ्ना स्टाफको यातायात र खानेकुराको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी उनलाई छ । फेबुु्रअरीको मध्य तिर चीनको वुहानबाट नेपाल सरकारले १७५ जनाको उद्दार गरी ल्याएपछि उहाँ र उहाँका स्टाफको टोलीको व्यवस्ता बढेको छ । उनी आफ्ना सहयोगी टीमको सुरक्षा प्राथमिकतामा भएको बताउनुहुन्छ । वुहानबाट उद्दार गरी क्वारेन्टाइनमा राखिएका १७५ जनाको नमुना रातभरी संकलन गरी भोली पल्ट सबैको रिपोर्ट तयार पारिएको डा रुनाले बताउनुभयो । नेपालमा संक्रमितको संख्या बढेपछि उहाँको व्यस्तता पनि बढेको छ । उहाँ भन्नुहुन्छ ‘यो हाम्रो लागि चुनौतिपूर्ण समय हो । म उनीहरुको मनोबल बढाउने प्रयास गरिरहेको हुन्छ । उनीहरुको सुरक्षा पहिलो प्राथमिकतामा छ भनेर पनि सम्झाइरहेको हुन्छु ।’

Comment here