प्रदेश २समाचार

महोत्तरीमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुग्यो

महोत्तरी, २० वैशाख २०७७

यहाँको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार आज भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको मृत्यु भएको छ ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

यता स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा.सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको बताईएको छ ।

Comment here