समाचार

आज चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना

काठमाण्डौ, २० बैशाख /  हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ ।

आज दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको उस्ले जनाएको छ । साथै देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

Comment here