समाचार

५० प्रतिशत अनुदामा तीनपाटनले धानको विउ वितरण गर्ने

सिन्धुली, २० बैशाख २०७७

अबको केही दिन पछि धानको ब्याड राख्ने वेला हुन लागेको छ । कोरोना भाईरस नियन्त्रण र संक्रमण हुन नदिन देश पुरै लकडाउनमा रहेको छ ।
किसानले यसवेल धानको विऊ खरिद गर्न समस्या छ । तर तीनपाटन गाउँपालिकाले भने ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको धानको विऊ वितरण गर्ने भएको छ । किसानहरुको मागको आधामा धानको विऊ वितरण गरिने उपाध्यक्ष पदममाया तामाङ्गले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाको कृषि शाखा लाम्पान्टारबाट धानको विऊ वितरण भै रहेको हुँदा आफुलाई पायक पर्ने कृषि प्राविधिक, गाउँपालिका कृषि शाखा तथा ११ वटै वडा कार्यालयमा सम्पर्क गरि धानको विऊ लिन किसानलाई आग्रह गर्नुभयो । उन्नत जातको धानको विऊ वितरण गरी उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले धानको विउ, वितरण गर्न लागिएको उहाँले बताउनुभो ।

Comment here