आर्थिकसमाचार

किसानले उत्पादन गरेको काक्रो विक्रि गर्दै फिक्कल गाउँपालिका

सिन्धुली, १९ बैशाख २०७७

यति वेल बारीमा कृषि उपज उत्पादन छ तर वजारीकरण हिजोको जस्तो सहज छैन । लकडाउनका कारण उत्पादीत कृषि बस्तु बजारमा विक्रि गर्न नसक्दा किसानहरु समस्यामा पर्दै आएका छन् ।

तर यहाँको फिक्कल गाउँपालिकाले भने किसानको बारीमा उत्पादन भएको अर्गानिक काक्रोलाई उपभोक्ताको घरमा नै पु¥याउन थालेको छ । लटरम्मै काक्रो फल्दा विक्रि वितरण गरि पैसा कमाउने सोच बनाएका किसान लकडाउनका कारण बजार नपाउदा चिन्तित बनेका थिए ।
गाउँपालिकाले आज किसानले उत्पादन गरेको काक्रो लकडाउनका कारण विक्रि नभएको गुनासो गरे पछि आफैले उपभोक्तालाई घरमा नै पु¥र्यादिन थालेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

आज तीन सय किलो काक्रो उपभोक्ताको घरमा नै पु¥याएर विक्रि गरिएको उहाँले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको कृषि बस्तु बजारीकरणका लागि पालिकाले समन्वय र आवश्यक सहयोग गर्ने उहाँको भनाई रहेको छ ।

Comment here