जीवन सैली

फिक्कलमा बैशाख २० गते देखी नियमित खोप सञ्चालन हुने

सिन्धुली, १९ बैशाख २०७७

यहाँको फिक्कल गाउँपालिकाले यहि बैशाख २० गते देखि २३ गते सम्म खोप सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण रोकिएको खोप सञ्चालन गर्न लागिएको हो ।

उक्त समयमा गाउँपालिका भित्रका १५ महिना सम्मका बालबालिकालाई खोप केन्द्रमा लगि खोप लगाउन गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । पालिकाका ६ वटै स्वास्थ्य संस्था मार्फत साविकका खोप केन्द्रहरुमा संचालन हुने भएकोले आफ्नो घरमा रहेका १५ महिना सम्मका बालबालिकाहरुलाई खोप लगाउन उहाँको आग्रह रहेको छ ।

सवैमा सूचना प्रवाह गरि सहयोग गर्न आग्रह गर्दै वालवालिकाको खोप लगाउन पाउने अवस्थाको सुनिश्चितता गर्ने महान कार्यमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । पालिकाका १५ सय बालबालिकालाई खोप लगाईने उहाँको भनाई रहेको छ ।

Comment here