बागमतिसमाचार

सिन्धुलीमा चट्याङ पर्दा एक जनाको मृत्यु

सिन्धुली, १९ बैशाख २०७७

आज पानी संगै परेको चट्याको तरंगले लाग्दा एक जनाको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका २ श्रीपूर निवासि अन्दाजि ३० बर्षिय परुषोतम राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आफ्नै पानी घट्टामा बुवालाई खाना लगि फर्केने क्रममा उहाँलाई चट्यानको तरङग लागेर घाईते हुनु भएको थियो । घाइते राईलाई उपचारको लागि स्थानिय पोलिक्लिनिकमा झनझने लगेकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

Comment here