बागमतिसमाचार

श्रमजीवीहरुलाई धैर्य गर्न मेयर खत्रिको आग्रह

सिन्धुली, १९ बैशाख २०७७

कामलामाई नगरपालिका मेयर खड्गबहादुर खत्रीले श्रमीकहरुलाई धैर्य धारणा गरेर गरेर बस्न आग्रह गर्नु भएको छ । आज १३१ औं अन्तराष्ट्रिय  श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताउनु भएको हो ।

सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नु भएको शुभकामनामा ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्न चाहान्छु’ उल्लेख गरिएको छ ।

अहले विश्व नै कोभिड १९ -कोरोना भाइरसको संक्रमणका कारण जोखिममा रहेको वेला नेपाल पनि लकडाउनको अवस्थामा रहेको र यस विषम् परिस्थितिमा सम्पूर्ण श्रमजीवीहरुमा धैर्य धारणा गरिदिनुहुन हार्दिक अनुरोध गर्दै सदा श्रमीकहरुको हकहितका लागी खटिरहेको र खटिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

Comment here