साहित्य

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको मृत्यु

काडमाण्डौ, १९ बैशाख २०७७

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । अधिकारीको बिहीबार काठमाडौंमा निधन भएको उनको पारिवारले जनाएको छ । रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउनु भएको थियो । उहाँलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै मृत्यु भएको हो । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी गराउनु भएको थियो । २०६३ सालमा उनका बारेमा ‘५६ वर्षपछि‘‘।’ नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

नेपाली नेपाली ‘

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली ‘

हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई

सब मिली उद्धार गरौं हाम्रो नेपाललाई

पछि नसरौं अबदेखि दुःख परे पनि

पछि नसरौं अबदेखि दुःख परे पनि

नेपाली

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली ‘

जुन गीत नेपाली कांग्रेसको प्रचार प्रसारको नारा सरह बनेर पछि प्रतिबन्धित पनि भएको थियो।

२००७ सालमा नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले त्यो गीत गाएकी गाउनु भएको थियो ।

Comment here