आर्थिक

प्रहरीको वेवास्थाले दैनिक चोर आए : व्यवसायि, प्रहरीले भन्यो घटनाको बारेमा थाहा छैन

सिन्धुली, १९ बैशाख २०७७

तपाईले आफ्नो जीउ र धन असुरक्षित भएको महसुस मात्र गर्नुभयो भने तपाई के गर्नु हुन्छ ? भन्नुहोला म प्रहरीलाई खबर गर्छु किनकी प्रहरी मेरो साथी हो । तर वेला वेलामा तपाईको प्रहरी साथीले तपाईलाई साथ नदिदा तपाईले आफ्नो जोखिम आफैले सामना गर्नु पर्दछ ।

बैशाख १७ गते राती मरिण गाउँपालिका ६ धमिलेमा रहेको नरबहादुर पाख्रीनको प्रतिक्षा इलोक्टोनिक्स पसलमा चोरहरुले चोर्ने पहिलो प्रयास गरे । तर चोर्न के कारणले असफल भए थाहा भएन । यस विषयमा प्रहरी निरिक्षक राजेश दत्तलाई पोन गरे उठेन नरबहादुरले भन्नुभो । पछि प्रहरी जवानसंग कुरा भयो तर चोरी नहालेका कारण वर पर वसेर चोर हेर्दै, निगरानी गरेर बस्नु भन्ने जानकारी आयो । तर प्रहरीले उक्त घटना के रहेछ बुझ्न समेत चाहेन उहाँले भन्नुभयो ।

व्यवसाय संकटमा छ । प्रहरीले चासो नदेखाउदा भोलिपल्ट बैशाख १८ गते राती साढे ११ बजे फेरी चोर्न चोरहरु आए उहाँले भन्नुभयो प्रहरीलाई खबर गरियो तर २ बजे सम्म पनि प्रहरी आउनु भएन । चोरहरुले पसलको ताला तोड्ना लाग्दा घरवेटिले थाहा पाएपछि चोरहरुले चप्पल, हम्मर, पिलास पेजकस लगाएतका सामान छोडेर भागे । चोरहरु न स्थानीय हुन नबाहिरी हुन पसल असुरक्षित भयो के गर्ने उहाँले भन्नुभयो । लकडाउन छ पसल सञ्चालन गर्न पाइदैन तर चोरहरुको भने विगविगिले व्यवसाय असुरक्षित भएको छ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

यता उक्त विषयमा आफुलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक राजेश दत्तले बताउनुभयो । उहाँले भन्नुभयो प्रहरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन तयार छ तर यस घटना बारेमा आफुलाई कुनै जानकारी पनि छैन । टेलिफोन काुराकानीमा उहाले सरोकार खबरलाई भन्नुभयो ‘प्रहरीले सुरक्षा नै नदिएको भन्ने त हैन यदि जानकारी भएको भए घटनाको विषमा अनुसन्धान निगरानी गरिन्थ्यो ।’

Comment here