आर्थिक

सिन्धुलीमा पसलबाट ल्यापटप, मोवाइल पैसा चोरी

सिन्धुली, १८ बैशाख २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ६ हस्पिटल मोडमा रहेको “प्रशान्त ईलोक्ट्रोनिक्स पसलबाट सामान चोरी भएको छ ।
बुधबार राती पसलबाट केही सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

खड्ग बहादुर आछामेले संचालन गर्दै आएको पसलबाट ल्यापटम, मोवाईल घडी हेडफोन चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सामानस्रगै २६ सय रुपैंया पनि चोरी भएको र घटनाको अनुशन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बन्दाबन्दिको समयमा चोरहरुले एक थान ल्यापटप, ooppo AK1 मोबाईल थान-२ ,OPPO ASS मोबाईल थान -२, OPPO ASS 290 -थान -२, SAMSONG A2 थान-१, SAMSONG17 NEXT थान-१ , घडी हेड फोन घडी हेड फोन चोरी भएको बताईएको छ ।

Comment here