बागमतिसमाचार

स्थानीय तहलाई गैर सरकारी संथले गरे सहयोग

सिन्धुली, १७ बैशाख २०७७

यहाँका चार वटा गैर सरकारी संस्थाहरुले तीन वटा गाउँपालिकालाई सहयोग गरेका छन् । गाउँपालिकाहरुलाई कोभिड–१९ अर्थात कोरोना भाईरस विरुद्धको अभियानमा सहयोग गरेका हुन ।

वल्र्ड भिजनको साझेदारीका जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका सामुदायिक विकास कार्यक्रम सिन्धुली, ग्रामिण महिला चेतना केन्द्र(भिडब्लुसिसि) , रिलिफ नेपाल र सिड्स नेपाल सिन्धुलीले संयुक्त रुपमा तीन वटा गाउँपालिकालाई सहयोग गरेका छन ।
गाउँपालिकाको मागका आधारमा सहयोग गरिएको ती गैर सरकारी संस्थाहरुले बताएका छन् ।

जस अनुसार तीनपाटन गाउँपालिकामा गाउँपालिकाले संचालन गरेको क्वारेन्टाईनमा खाट अभाव भएको भन्दै खाटको माग भएकाले उक्त गाउँपालिकामा १४ थान खाट सहयोग गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले जानकारी दिनुभयो ।

फिक्कल गाउँपालिकाबाट खाद्ययान्नको माग भएकाले नेपाल सरकारको मापदण्ड अनुसार ५० परिवारको लागी राहत सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेको सामुदायिक विकास कार्यक्रम सिन्धुलीका कार्यक्रम संयोजक धनवहादुर माझिले बजानकारी दिनुभयो । प्रदान गरिएको खाद्ययान्नहरुमा ३० किलो चामलको बोरा ५० थान, दाल एक सय ५० किलो, चिनि एक सय ५० किलो, नुन एक सय किलो, तेल एक सय ५० लिटर, साबुन दुई सय थान प्रदान गरेको उहाँको भनाई छ ।

गोलञ्जोर गाउँपालिकामा सरसफाईका सामग्रीको माग भएकाले सरसफाई सामाग्री, स्प्रे ट्याङक ६ थान, धारा सहितको ३२ लिटर क्षमताको बाल्टिन ५० थान, मख ५० थान, ४५० एमएलको सेनिटाईजनर ३० थान, चप्पल २० जोर, सर्जिकल ग्लोव्स ५० थान, वासिङ ग्लोव्स ४० जोर र डिजिटल थर्ममिटर ३० थान प्रदान गरेको ग्रामिण महिला चेतना केन्द्रका सचिव मुकेश तामाङले जानकारी दिनुभयो ।

गाउँपालिका स्तरिय विपत्त व्यवस्थापन समितिलाई कोरोना भाईरस प्रतिकार्य संचालनका लागी अत्यावश्यक स्वास्थ्य, खाद्यायन्न तथा अन्य सामाग्री प्रदान गरेको सिड्स नेपालका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो । यस अघि पनि उक्त गैर सरकारी संस्थाहरुले संस्थाहरुले कोरोना भाईरस (कोभिड–१९) विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामाग्री जिल्ला विपद ब्यबस्थापन समिति सिन्धुलीलाई उपलब्ध गराएका थिए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेलाई ३० थान पिपिइ सेट र ४ थान थर्मल गन हस्तान्तरण गरिएको छ । ‘१ सेटमा जम्मा १९ प्रकारका सामाग्रीहरु समावेश गरिएको थियो भने ४ वटा थर्मल गन समेत रहेको छ’ ।

Comment here