बागमतिसमाचार

ब्लड क्यान्सर पीडित २८ महिने प्रनिषालाई बचाउन सहयोग गरौ : वडा अध्यक्ष राउत

सिन्धुली, १६ बैशाख २०७७

सिन्धुलीको तीनपाटन गाउँपालिका १ का वडा अध्यक्ष गोविन्द राउतले २८ महिने ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।

झिल्किनी निवासि रित कुमार ठकुरी र पम्फा कुरमारी ठकुरीकी २८ महिने छोरी प्रनिषा ठकुरी ब्लड क्यान्सर भई उपचारमा आर्थिक सहयोग गर्न सहयोगि मनहरुलाई उहाँले आग्रह गर्नु भएको हो ।

उक्त वालिकको उपचारमा आर्थिक अवस्थाको कमी हन् नदिन वडा कार्यालयको पहलमा ४७ हजार ८३५ रुपैंया उपलब्ध गराएका छौ उहाँले भन्नुभयो । वडाका स्थानीय बासि, समाजसेवी, शिक्षक र वडाकार्यालयहरुबाट उक्त रकम संकलन गरि बालिकाको उपचार गर्न परिवारलाई बुझईएको उहाँको भनाई छ ।

सवैले सकेको आर्थिक सहयोग गर्दा ब्लड क्यानसर पीडित बालिकालाई बचाउन सकिने भन्दै सकेको सहयोग गरि बालिकाको ज्यान बचाईदिन परिवारले आग्रह गरेको र वडा कार्यालयले आवश्यक परामर्श तथा वडा कार्यालयबाट गर्न सकिने सवै प्रकारको सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई रहेको छ ।

बालिकाको उपचारका लागि सहयोग गर्न चाहानु हुने ब्यक्तिले वडा कार्यालयमा सम्पर्क गर्न सक्ने र सहयोग प्राप्त रकम बालिकको परिवारलाई बुझाईने वडा अध्यक्ष राउतले बताउनुभयो । सहयोग गर्ने व्यक्तिहरुले ९८५४०४२२३१ मा सम्पर्क गर्न सकिने उहाँको भनाई छ । आफूहरु अझै स्थानीय बासिन्दाहरुसंक चन्दा संकलन गरि बालिकाको उपचारका लागि आश्यक पर्ने रकम जुटाउन लागि परेको उहाँले बताउनुभयो ।

एम्बुलेन्समार्फत भरक्तपुरमा रहेको क्यनसर अस्पतालमा उपचार भै रहेको । र आज आफुले एम्बुलेन्स मार्फत अस्पतालमा उपचारका लागि पडाएको उहाँको भनाई रहेको छ ।

Comment here