समाचार

मरिणले सवारी कारबाहिको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्ने (थप निर्णय सहित)

बासु मैनाली,

मरिण, १५ बैशाख २०७७

यहाँको मरिण गाउँपालिकाले सवारी पास विना सञ्चालन गरेका सवारी साधनलाई गरिएको कारबाहिबाट जम्म हुने जरिवाना रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने निर्णय गरेको छ ।

मरिण गाउँपालिका अध्यक्ष पानिराज बम्जनको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।
विभिन्न नाकाहरुबाट मरिण गाउँपालिकामा प्रबेश गर्न सक्ने भन्दै कोरोना भाईरको रोकथाम तथा संक्रमण हुन नदिन पास विना प्रवेश गरेका सवैलाई पनि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

यस्तै बैठबले राष्ट्रिय गौरव आयोजनाहरू र गाउँपालिकाले आवश्यक देखेका महत्वपूर्ण आयोजनाहरू सामाजिक दुरी कायम गरी अत्यन्तै सजगता अपनाइ संचालन गर्न अनुमति दिने निर्णय गरेको अध्यक्ष बम्जनले जानकारी दिनुभयो ।
बैठकले हाल सम्म प्रकाउ गरी इलाका प्रहरी कार्यालय कपिलाकोटमा रहेका सवारी साधनहरूलाई सम्बन्धीत सवारी धनिलाई घरैमा राख्ने शर्त कागज गराई फिर्ता गर्ने निर्णय गरेको छ । उक्त सवारी साधन बैशाख १६ गते मंगलबार देखी विना पासको सवारी साधन चलाएको पाइएमा कारवाही हुने भएको छ । सवारी कारवाहीबाट जम्म हुने जरिवाना रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने निर्णय भएको छ ।

पहिलो पटक दुई पाङग्रे सवारीलाई एक हजार, अटो रिक्सा टेम्पोलाई २ हजार र चार चक्के ठुला सवारी साधनलाई ३ हजार रुपैंया जरिवाना गर्ने भएको छ । साथै उक्त सवारी साधन दोस्रो पटक पनि सञ्चालन भएको पाईएमा दुई पाङग्रे सवारीमा एक हजार, अटो, रिक्सा टेम्पोलाई दुई हजार र चार पाङग्रे ठुला सवारीलाई तीन हजार थप जरीवाना हुने गाउँपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।कृषि कार्यका लागि ट्याक्टरहरु सञ्चालन भएमा उक्त ट्याक्टरहरुलाई कुनै कारबाही नहुने उहाँको भनाई छ ।

बसेको बैठकले कोरोना भाईरस विरुद्धका सचेतना कार्यक्रम तथा सरसफाईका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन भएको पाईएको छलफलमा सहभागिहरुले बताएका थिए ।

यता बिगत २ दिन देखिको अविरल बर्षाले तराई बाट मरिण क्षेत्र प्रवेश गर्ने हिउदे बाटो चुरेमा क्षति भएको र अबका दिनमा सिन्धुली हुँदै यात्रा गर्नु पर्ने भएकाले यस बाटोको प्रयोग नगर्न स्थानीयले आग्रह गरेका छन् ।

Comment here