बागमतिसमाचार

सिन्धुलीमा ४९ लिटर खुल्ला मदिरा नष्ट

सिन्धुली, १४ बैशाख २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले खुल्ला मदिरा नष्ट गरेको छ । कमलामाई नगरपालिका ७ देवीथानबाट नियन्त्रणमा लिएर मदिरा नष्ट गरेको हो ।

हिजो होटल तथा पसलबाट बरामद गरिएको ४९ लिटर खुल्ला मदिरा नियन्त्रणमा लिई आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानिय जनप्रतिनिधिको रोहवरमा खाल्डो खनी मदिरा नष्ट गरिएको बताईएको छ ।

Comment here