शिक्षा

विद्यालयहरुले परीक्षाको नजिजा तत्कालै प्रकाशन गर्नु पर्ने

सिन्धुली, १३ बैशाख २०७७

यहाँको कमलामाई नगरपालिकाले शैशिक सत्र २०७६ को अन्तिम परीक्षाको नजिता यहि बैशाख १८ गते सम्म प्रकाशन गर्नु पर्ने भएको छ । आज कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै कक्षा ८ को नतिजा यथाशिघ्र प्रकाशन गर्ने निर्णय भएको छ । कमलामाई नगरपालिका भित्रका सामुदायिक तथा तथा संस्थागत विद्यालयहरुको पठन–पाडन सञ्चालन गर्ने सम्बन्धमा विभिन्न विद्यालयहरुमा इन्टरनेट, एफ.एम रेडियो, टेलिभिजन अदिको पहुँच सम्बन्धि तथ्याङ्क संकलन गरि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तकका सवालमा यथाशिघ्र उपलब्ध गराउन स्टेश्नरी व्यवसायिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै सामुदायिक विद्यालयका सरकारी कोषबाट तलव भत्ता खाने शिक्षक, कर्मचारी तथा वाल विकास शिक्षक, सहजकर्ताको पारिश्रमीकबाट अधिकृत स्तर वा सो भन्दा माथिको ६ दिन र अधिकृत स्तर भन्दा तल्लो तह भएमा ४ दिनको तलव कट्टा गरि कमलामाई नगरपालिका नगर व्यवस्थापन कोषमा जम्म गर्ने निर्णय भएको कमलामाई नगरपालिकाले जनाएको छ ।

Comment here