बागमतिसमाचार

सडकमा पैसा फाल्ने महिलालाई मानव सेवा आश्रममा पठाइने

सिन्धुली, १३ बैशाख २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ५ मा सडकमा पैसा झार्दै हिड्दै गरको अवस्थामा पक्राउ परेकी महिलालाई मानव सेवा आश्रममा पठाईने भएको छ ।

जिल्ल प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ल अधिकारी विजया प्रसाईको समन्वयमा भक्तपुरमा रहेको मानव सेवा आश्रममा पठाउने भएको हो ।

पक्राउ परेकी महिलाले कहिले तेह्रथुम घर बताउने कहिले अन्यन्त्रै बताउने हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । सडकमा पैसा फल्दै हिडेको अवस्थामा कोरोनाको संक्रमण हुने स्थानीयमा त्रास रहेको अवस्थामा उहाँको सिन्धुली अस्पतालमा आरडीटी जाँच गरिएको र रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

उहाँलाई क्वारेन्टाइनमा राख्नु पर्ने भएपनि मानसिक सन्तुलन पुर्ण रुपमा ठिक नभएको अवस्थामा क्वारेन्टाईनमा राख्न सहजन नहुने भन्दै मानव सेवा आश्रममा पठाउन लागिएको उहाँको भनाई छ । उक्त महिलालाई अन्यन्त्रै बाट कसैले सिन्धुली ल्यायि छाडेको हुनु पर्ने उहाँले बताउनुभयो ।

Comment here