बिचार

गफ गरेर बस्नु भन्दा कृषि काममा लागौ

यतिवेला विश्व समुदाय नै कोरोना भाइरस ९कोभिड–१९० संग त्रसित छ । शक्तिशालि देशहरु झन समस्यामा फसेका छन् । शक्तिशालि देश हौ भन्नेहरुलाई कोरोनासंगको लडाइमा जित निकाल्न दैडधुप छ । कोरोना भाईरसका कारण धेरैको रोजगारी गुमेको छ । विपत्ति तथा संकटहरुले पनि अवसर बोकेर ल्याएका हुँदा रहेछन् । तर नेपालका लागि भने कोरोना भाईरस जस्तो संकट बोकोर आएको छ त्यो भन्दा धेरै गुणा बढी विकास र परिवर्तका लागि अवसर समेत बोकेर आएको छ ।

हिजो हामी पैसा भेट्न दौडियो, तर समय वलवान छ आज त्यहि पैसाले हामीलाई लखेटि रहेको छ । अव पैसाको अभाव हैन खाद्यान्नको अवभाव सिर्जना हुन सक्दछ । यस तर्फ सवै सचेत बन्न आवश्यक छ । हिजो गाउँमा पैसा कामउन सकिएन भनेर शहर छिरेकाहरु अव शहरमै मरिने हो की भनेर गाउँ भित्रदै छन् । हिजो युवा गाउँमा नबस्दा बृद्ध–बृद्धाले सम्हालेका ति सुनशान बस्तिहरुमा आज युवाहरुको उदय भएको छ । अर्म–पर्म, मलामिको समेत अवभा खट्किएका गाउँ–गाउँका बस्तिमा नौ जवानहरुको आज उपस्थिती बढ्दै छ ।

विगतमा दर्जनौ व्यक्तिले जीवन निर्वाह गर्दै आएका ति उत्पादन योग्य जमिनहरु जंगलमा परिणत भएका छन् । युवा शक्ति गाउँ–गाउँ बाट पलायन हुने हो भने नेपाल कृषि प्रधान देश नभई जंगल, झाडी र बुट्यानको देश भन्न सुहाँने अवस्थाको विकास भै रहेको थियो । कोरोनाको महामारिका कारण यतिवेला गाउँ–गाउँमा चहल पहल बढ्दै गएको छ । नेपाल कृषिमा आधारीत र आफै आत्मानिर्भर बन्न सक्ने देश हो । यहाँको उत्पादनले हामीलाई उपभोग गर्न पुगी निर्यात समेत गर्न सक्छौ । तर हिजो गाउँमा कृषि कर्म गर्ने जनशक्ति नहुँदा यस्ता अवसर दिवा सपना मात्र हुदै आएको छ । यस कोरोनाको संकटलाई पनि हामीले अवसरको रुपमा लिनु पर्दछ । हिजो बर्षमा एक दुई दिन मात्र छोरा–छोरी देख्ने ति बाबु आमाले आज कयौ दिन सम्म आफ्नै काखमा छोरा–छोरी देख्न पाएका छन् । नाती–नातीनासंग तोते वोलिमै दिन विताई रहेका छन् । यो खुसियालीसंगै बाँझोमा परिणत भएका उत्पादन योग्य जमिनहरुलाई फेरी हराबरा पार्ने अवसर जुटेको छ । हिजोका दिन जस्तै गरि परम्परागत तवरले कृषि कर्म गर्नु पर्दछ भन्ने त हैन् । आधुनिक तरिकाले कृषीमा आधुनिकीकरणको विकास गर्ने वेला पनि आएको छ ।

हिजोको नाकाबन्दि, भुकम्पबाट हामीले पाठ सिक्न सकेनौ । तर यस कोरोनाको महामारिमा विगतलाई नियल्दै त्यतिकै खेर गएको शक्ति, मन र धनलाई कृषिमा रुपान्तरण गरौ । यस्ले स्वयम व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध बनाउन सघाउने छ । यस्तै अवस्था सिर्जना भैरहे भोकारमारी नहोला भन्न सकिन्न । त्यसैले आत्मानिर्भरताका लागि कृषि कर्ममा जुटौ । ठूलो जनसंख्या आत्मनिर्भर जसलाई जीवन निर्वाहमुखी वा गुजाराप्रणाली खेती पनि भनिन्छ, यस्तो कृषिमा छन् । संदर्भमा कृषि क्षेत्रलाई आम्दानी र रोजगारीको स्रोत बनाउन सके जनताको जीवनमा तत्काल सकारात्मक परिवर्तन ल्याउन यो अवसर रहेको छ । समृद्ध नेपाल बनाउन युवाको आवश्यकता रहेको छ । ठुला कुरा, ठुला भाषण गरेर देशलाई समृद्ध बनाउन सकिदैन । त्यसैले सुखी हैन परिश्रमी बन्न आवश्यता रहेको छ । हामीले खाद्यन्न आयात मात्रै रोक्न सक्यौं भने विश्वभरबाट कोरोना नियन्त्रणमा आउनु अगाबै हामी आत्मनिर्भर हुन सक्छौं । अर्थतन्त्र ओरोलो यात्रालाई रोकेर कृषिमा क्रान्ति ल्याउन सक्यौं भने बल्ल प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सक्छौं । हामीकहा बाँझो जमीन प्रसस्त रहेको छ । आफ्नो हुनेले आफ्नै बारीमा र नहुनेले अर्काको बारीमा वा सामुहिक रुपमा पनि खेतीगर्न सकिन्छ । यदि सवैको साथ सहयोग र सक्रियता रह्यो भने कृषिबाट देशलाई एक वर्षमै कायापलट गर्न सकिन्छ । त्यसो भए कृषि किन नगर्ने रु गाउँमा भेटघाट, गपगाफ, रामाईलोमा वितेको समयलाई उत्पादनमा लगाऔ । कम्तिमा आफ्ना लागि आवश्यक उत्पादन उब्जाउन सकियो भने कुनै देशको भर पर्नुपर्दैन र देश नै आत्मानिर्भर बन्न सक्ने यो सुनौलो अवसर हो ।

जमिनको खण्डिकरणलाई रोकेर उत्पादन वृद्धिका निम्ति आवश्यक पर्ने कानूनी र आर्थिक प्रवन्ध, यन्त्र र उपकरणको प्रयोगमा वृद्धि, कृषिजन्य उद्योगलाई विकास गर्दै औद्योगिकीकरण गर्न स्थानीय सरकारले योजना पनि बनाउन अवश्यक छ । औद्योगिक क्रान्तिबाट विकसित भएको र हुँदै गरेको अर्थतन्त्रको नयाँ क्षेत्रको विकास तर्फ अहिलेदेखि नै अगाडि बढ्नु पर्दछ । त्यसले राष्ट्रिय उत्पादनको वृद्धिमा ढोका खुल्नेछ । आम जनतालाई सरकारद्वारा अतिरिक्त लाभ वितरण गर्दै नेपाली विशिष्टतामा आधारित समाजवादी बाटोका लागि अगाडि बढ्नु पर्दछ ।

कृषिको विकास, कृषि उद्योगमा प्रोत्साहन गर्न आवश्यक पर्ने उर्जा, यन्त्र‐उपकरण र ऋणको व्यवस्था सरकारले सुनिश्चित गर्नु पर्दछ । कृषिलाई तोकिएको क्षेत्रमा तोकिएका बाली लगाउने कार्यलाई अगाडि बढाउनु पर्दछ । कृषि क्षेत्रको जमिनलाई चक्लावन्दी गर्न सहकारी जस्ता माध्यमबाट सामुहिक रुपमा खेती गर्न सकिन्छ भन्ने हामीसंग धेरै उदाहरण पनि रहेका छन् । अहिले कृषिमा आधुनीकीरकणले गाउँगाउँमा कृषि औजारहरु भित्रिएका जन । हिजोको जस्तो कठिन पेशा नभई कृषि क्षेत्रमा धेरै सुधार भएको पनि छ । पैत्रिक सम्पति बाँझो राखेर आज खान पाईन भोकै छु भन्नेहरुलाई अव लाज लाग्नु पर्दछ । यो समयमा सामाजिक सञ्जालमा मन जोतेर बस्नु भन्दा बाँझो जमिन जोत्न तर्फ लागौ । कोरोना कृषि क्षेत्र परिवर्तन गर्नको लागि एक अवसरको हो । भोलिको हुन सक्ने खाद्य संकटबाट मुक्ती पाउन आजै कृषिकर्ममा जुटौ । जय कृषि ! जय किसान

Comment here