समाचार

गैर सरकारी संस्थाद्धारा विपद ब्यबस्थापन समितीलाई स्वास्थ्य सामाग्रि प्रदान

सिन्धुली, ११ बैशाख २०७७

जिल्ला विपद ब्यबस्थापन समिति सिन्धुलीलाई गैर सरकारी संस्थाहरुले कोरोना भाईरस (कोभिड–१९) विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका छन् । सिड्स नेपाल सिन्धुली, रिलिफ नेपाल, भि.डब्लु सि.सि र सामुदायि विकास कार्यक्रम सिन्धुलीले संयुक्त रुपमा पिपिइ सेट, थर्मल गन हस्तानतरण गरेका हुन् ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा जिल्ला विपद ब्यबस्थापन समिति सिन्धुलीलाई उपलब्ध गराईएको सिड्स नेपाल सिन्धुलीका नारायण पाण्डेले जानकारी दिनुभभयो । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेलाई ३० थान पिपिइ सेट र ४ थान थर्मल गन हस्तान्तरण गरिएको छ । ‘१ सेटमा जम्मा १९ प्रकारका सामाग्रीहरु समावेश गरिएको थियो भने ४ वटा थर्मल गन समेत रहेको छ’ पाण्डेले भने ।

यसैविच जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद ब्यबस्थापन समिति तथा जिल्ला स्थित स्थानिय निकायहरु कोरोना रोकथामकालागि विभिन्न किसिमका प्रतिकात्मक कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेका छन् । जस अन्तर्गत सबैभन्दा महत्वपूर्ण मानिएको पिपिइ सेट र थर्मल गन हस्तान्तरण गरिएको गैर सरकारी संस्थाहरुले बताएका छन् ।

उक्त सामाग्री हस्तान्तरण साझेदार संस्थाका तर्फबाट सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपककुमार घिमिरे, दुर्गाराज पौडेल, मुकेश तामाङ तथा शम्भु माझिको उपस्थिति रहेको थियो । सिड्स नेपाल सिन्धुलीका अध्इक्ष घिमिरेले सहयोग सामाग्रिका बारेमा सवैलाई जानकारी गराउनु भएको थियो । भने स्वास्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपाल राष्ट्रिय कार्यालयका बरिष्ठ बाह्य सम्पर्क विशेषज्ञले सहजिकरण गर्नु भएको थियो । हस्तान्तरणका कार्यक्रममा सिन्धुली जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेल लगाएतको सहभागिता रहेको थियो ।  प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले स्वास्थ्य सामाग्रि उपलब्ध गराई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा रहेको बताउनुभयो । सवैको साथ र सहयोगबाट कोरोना भाईरससंग संगको लडाइमा जित्न सकिने बताउनुभयो ।

वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा साझेदार संस्थाहरुले मुल रुपमा जिल्लाका गोलन्जोर, तिनपाटन र फिक्कल गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर विग तलामो समयदेखि शिक्षा, स्वास्थ्य, जिविकोपार्जन तथा बाल संरक्षण लगाएतका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसका कारण विश्वमा १ लाख ८५हजार भन्दा बढिको ज्यान समेत लिइसकेको छ भने लाखौं मानिसहरुमा संक्रमणको दर बढ्दो रहेको छ । नेपालको सन्दर्भमा आज सम्म करिब ४५ जना संक्रमित रहेको पाईएको छ भने अझै संक्रमितहरु बढेको हुन सक्ने आशंकामा विभिन्न परिक्षणहरु भईरहेका छन् ।

Comment here