समाचार

सिन्धुलीको माइस्थानमा मोटरसाइकल र बस ठोकियो, मोटरसाईकल चालकको मृत्यु

उद्धब श्रेष्ठको फेसबुकबाट साभार

सिन्धुली, १० बैशाख २०७७

कमलामाई नगरपालिका ८ माइस्थानमा मोटरसाईल र बस एकआपसमा ठोकिएर दुर्घटना भएको छ । भिमान तर्फ जाँदै गरको बा ७९ प ७१८८ मोटरसाईकल बर्दिबास बाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा ४ ख ५७७७ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा कमलामाई नगरपालिका वडा नं. ७ माझिटार वस्ने वर्ष २३ को हिरा रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

Comment here