समाचार

तीनपाटनवासी लिन बस लिएर काठमान्डौं पुगिन् गापा उपाध्यक्ष तमाङ्ग

सिन्धुली, १० बैशाख २०७६

यहाँको तीनपाटन गाउपालिका की उपाध्यक्ष पदममाया तमांग पालिकावासी आफ्ना जनता लिन काठमान्डौं पुग्नु भएको छ । काठमान्डौं बसेर बन्दाबन्दिका कारण अलपत्र परी समस्यामा परेका आफ्ना जनता लिन गएराती नै उपाध्यक्ष काठमान्डौं पुग्नु भएको हो ।

काठमाण्डौमा मजदुरी गरी खाने पालिकावासी जनता कोहिपनि घर आउन नपाएर समस्यामा नपरून् भनेर आफु गएराति नै वडा नं.१ बेलघारीका वडा अध्यक्ष गोबिन्द राउतको साथमा बनेपा पुगेको उपाध्यक्ष तामाङ्गले जानकारी दिनुभयो ।

आज साँझका लागि अहिले आफू ठाऊठाऊमा बिहानदेखि नै जम्मा भएर तीनपाटन जान बसेका ब्यक्तिहरू गाडीमा चढाऊदै जगाति पुगेको तमांगले बताउनुभयो । स्थानीय सरकार आफ्ना नागरिकको समस्यामा परेका बेला जहाँ र जतिवेला पनि सेव ागर्न तत्पर रहने उहाँको भनाई छ ।

Comment here