समाचार

अव सिन्धुलीमा विहान ६ बजे देखी विहान ११ बजे सम्म पसल सञ्चालन हुने

सिन्धुली, ९ बैशाख २०७७

सिन्धुलीमा दैनिक तीन घण्टा मात्र अत्यावसेक सेवाका पसल सञ्चालने हुदै आएको थियो । अव बुधबार देखी दैनिक पाँच घण्टा पसल सञ्चालन हुने भएको छ ।

बैशाख ३ गते देखी विहान ६ बजे देखी ९ बजे सम्म सञ्चालन हुदै आएका दूध, फलफुल, तरकारी तथा खाद्यान्न सामाग्रिका पसलहरु अव विहान ६ बजे देखी विहान ११ बजे सम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको सर्वपक्षिय तथा सर्वदलिय बैठकले यस्तो निर्णय गरेको सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

बैठकले तराईका जिल्ला लगाएत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि फलफुल, माछा, मासु, अण्डा, कुखुरा, चल्ला, हरियो तरकारी ढुवानीमा प्रतिबन्ध बैशाख १५ गते सम्म थप गरेको छ । कोरोना भाईरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणको लागि बैशाख ३ गते आयतमा प्रतिबन्ध लगाइदै आएको थियो ।

अज बसेको बैठकले जिल्ला भित्र खाद्यान्न ढुवानीमा लगाएको प्रतिबन्ध हाललाई खुल्ला गर्ने, बाटो अवरुद्धबाट शान्ति सुरक्षा आपत्कालिन तथा अत्यावसेक सेवा सञ्चालनमा तथा आवत जावतमा समेत समस्या परेको हुँदा स्थानियले थुनछेक तथा अवरोध गरेका बाटो खुलाउने समेत निर्णय गरेको छ ।

बैठकले सामाजिक सद्भावमा प्रतिकुल असर पर्नेगरि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रवाह हुने गलत सूचना नियन्त्रण तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिने तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Comment here