समाचार

भगवतीद्धारा नगर विपद् व्यवस्थापन कोषमा थप ५५ हजार ५ सय ५५ रुपैंया सहयोग

सिन्धुली, ६ बैशाख २०७७

कमलामाई नगरपालिकाको नगर विपद् व्यवस्थापन कोषमा थप ५५ हजार ५ सय पचपन्न रुपैंया थप सहयोग भएको छ । कोषमा भगवती अङ्ग्रेजी माध्यमिक विद्यालय माढिबजार सिन्धुलीले रकम सहयोग गरेको हो ।

विश्वभर फैलिरहेको कोभिड–१९ को संक्रमण हुन नदिन नेपाल सरकारले लकडाउन घोषणा पछि कोरोना भाईरस विरुद्ध लड्न आर्थिक अभाव हुन नदिन कमलामाई नगरपालिकाले विपद् व्यवस्थापन कोष बनाएको थियो । उक्त कोषमा भगवती अंग्रेजी माध्यमिक विद्यालयले लकडाउनका कारण खाद्यान्नको अभावमा रहेका विपन्न परिवारहरुलाई सहयोग पुग्ने गरि कमलामाईलाई हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय दाहालले सरोकार खबरलाई जानकारी दिनुभयो ।

देश नै अप्ठेरो अवस्थामा रहेका बेला सवैले सकेको सहयोग गर्दा राज्य नै कोरोना भाइरससंगको लडाइबाट जित्ने र विपन्न वर्गहरुको घरमा चुलो पनि ननिभ्ने भएकाले विद्यालयको तर्फबाट सहयोग गरिएको उहाँको भनाई रहेको छ ।
लकडाउनका कारण हुने खाने भन्दा पनि हुँदा खाएर जीवन यापन गरि रहेकाहरु समस्यामा परेको भन्दै बास्ताविक पीडितहरुका लागि पात्र हुनेगरि सहयोग रकम हस्तान्तरण गरिएको र केही घरपरिवारले लकडाउन अवधिभर भोकै बस्नु नपर्ने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले यो गरेन, त्यो गरेन भनेनर बस्नु भन्दा पनि एक असल नागरिकले सकेको सहयोग राज्यलाई गर्नु पर्ने बेला हो ।’

उक्त सहयोग रकमको चेक विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गर्नु भएको थियो । चेक हस्तान्तरण गर्दै उहाँले बास्ताविक निमुखा तथा अतिख विपन्न वर्गहरु समक्ष रहात पु¥याउन आग्रह गर्नु भएको थियो । विद्यालयले नगर प्रमुखको अनुरोधमा लकडाउनका कारण अलपत्र परेका १ सय ६० जनालाई उद्धार गरेको समेत स्मरण गराउनुभयो ।

यता मेयर खत्रीले सहयोग रकम बराबरको खाद्यान्न बास्ताविक पिडीत र विपन्न वर्गहरुको लागि प्रयोग गरिने बताउनुभयो । हाल कमलामाई नगरपालिकाले अति विपन्न वर्गहरुलाई प्याकेज अनुसार राहत उपलब्ध गराएको स्मरण गराउदै लकडाउनका कारण कुनैपनि नगरबासि भोकै बस्न नपर्ने भन्दै समस्यामा परेक व्यक्ति सम्पर्कमा आउन समेत आग्रह गर्नुभयो । हाल सम्म कमलामाई नगरपालिकाकाे प्रकोप व्यवस्थापन कोषमा गत वर्षकाे ३४,९४,५७१ रुपैया, चालु आ ब मा १२,६१,१७९ रुपैया, प्रदेश सरकारवाट १२,००,००० रुपैया र विभिन्न संघसंस्था तथा व्यक्तिवाट ५,४८,९७७ गरी कुल जम्मा ६५,०४,७२७ रुपैया जम्मा भएकाे छ ।

यतिवेला देश पुरै लकडाउनमा छ । विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाईरुको संक्रमण हुन नदिन नेपाल सरकारले देश नै लकडाउन गरेको हो । लकडाउनका कारण कतिको घरमा चुलो बल्न नसक्ने अवस्था समेत रहेको छ । दैनिकि ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका तथा अति विपन्न परिवारलाई सकेको सेवा गर्नु नै धर्म हो ।

 

Comment here