समाचार

सिन्धुलीमा सम्धीले खुकरी हान्दा सम्धी–सम्धीनि घाइते

सिन्धुली, ३ बैशाख २०७७

मंगलबार दिउसो खुकरी प्रहारबाट सिन्धुलीमा दुई जना घाईते भएका छन् । सम्धीले हानेको छुरीबाट सम्धी र सम्धीनि दुई जना घाईते भएका छन् ।

मंगलबार दिउसो घ्याङलेख गाउँपालिका ५ अपजसे टोलका ४० बर्षिय मान बहादुर लो र उहाँकी श्रीमती ४५ बर्षियासाईली माया लोलाई सम्धी ४९ बर्षिय मानवहादुर वाईवाले खुकरी प्रहार गरि घाइते बनाएका हुन् ।

घाइतेको उपचारको लागि धुलिखेल पठाईएकोमा उपचार हुन नसकेपछि आज ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । खुकरी प्रहारबाट मानवहादुरको टाउँकोमा र साइलिमायाको गर्दनमा चोट लागेको छ ।
खुकरी प्रहार गर्ने सम्धी ४९ बर्षिय मानवबहादुर वाइवालाई नियन्त्रणमा लिईएर घटनाको आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here