समाचार

सिन्धुलीमा आयातमा प्रतिबन्ध, दैनिक ३ घण्टा मात्र पसल सञ्चालन हुने

सिन्धुली, २ बैशाख २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा आयत भै रहेको फलफुल, माछा–मासु, हरियो तरकारी आयातमा रोक लगाएको छ । आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा वसेको सर्वदलिय, सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।

सिन्धुली जिल्लालाई कोरोना भाईरसको उच्च जोखिमबाट रोकथाप तथा नियन्त्रणका लागि तराइका जिल्ला तथा अन्य जिल्लाबाट आयात भै रहेको फलफुल, माछा–मासु, अण्डा, कुखुरा–चल्ला, हरियो तरकारी एक हप्ताका लागि प्रतिबन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ ।

साथै उक्त बैठकले जिल्ला भित्र संञ्चालित दूध, फलफुल, तरकारी तथा खाद्यान्न सामाग्रिका पसलहरु हरेक दिन विहान ६ बज देखी ९ बजे सम्म एक पटक मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त निर्णय २०७७ साल बैशाख २ गते राती १२ बजे देखी २०७७ साल बैशाख ९ गते राती १२ बजे सम्म बाहीरी जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि उल्लेखित समाग्रीको ओसार प्रसार नगर्नुहुन र जिल्लामा रहेका खाद्यान्न पसलहरु तेकिएको समयमा मात्र सञ्चालन गर्न एक सूचना जारि गर्दै सवैमा जानकारी गराएको छ ।

Comment here