समाचार

थप दुई जनामा कोरोना संक्रमण

काठमाण्डौ, १ बैशाख २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या १४ पुगेको छ । आज दुई जनामा संक्रमण देखा परेसंगै नेपालमा कोरोनाका संक्रमित व्यक्तिको संख्या १४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई र रौतहटको क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा कोरोना भाइरस भएको पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हो । यस अघि विंरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना भएको पुष्टि भएको थियो ।

Comment here