समाचार

बादल हैन धुवा हो

सिन्धुली, २९ चैत्र २०७६
सिन्धुलीमा बनमा लगाएको डडेलोका कारण यहाँको बायुमण्डलमा धुवामय भएको छ । जंगलमा डडेलो लगाउने क्रम बढेसंगै धुवा मय हुदै गएको हो ।

धेरै मानिसहरु पानी पर्ने भयो भनेर आकाश तिर हेर्छन तर बादलले हैन धुवाले ढाकेको छ । धुवाले मानव स्वास्थ्यमा असर पार्छ भने, वनमा आगो लगाउदा प्राकृतिक सम्पदाको सखाप भएर जन्छ भने जंगलि जनावरको अधिकार समेत हनन् हुन्छ् । बनमा आगो लगाउन कानुन विपरितको कार्य हो । तर वनमा डडेलो लगाउनेलाई न त कारवाही नै भएको छ । न सम्बन्धित निकायले नै चासो देखाएको पाइन्छ ।

Comment here