बिचार

पत्रकार महासंघ सिन्धुलीलाई खुल्ला-पत्र

मिति : २०७६/१२/२७

श्री अध्यक्ष (राजन कार्की) ज्यृ ¸
नेपाल पत्रकार महासंग सिन्धुली

विषय  :  पत्रकार बन्धुहरू पनि लकडाउनको कारण दैनिक ज्यालादारी मजदूर झै संकटमा परेको हो ?

महोदय,
उपरोक्त सम्वन्धमा तपाईले लकडाउनको यो विषम परिस्थितिमा पनि आफ्नो सञ्चार गृहमा रहेर भूमीका निर्वाह गरिरहनु हुने पत्रकार साथिहरूको उच्च सम्मान र हौशला प्रदान गर्नु हामी सबैको दायित्व हो र हुनुपर्दछ भनेर सिन्धुलीका विभिन्न सञ्चार माध्यम९रेडियो तथा पत्रिका०मा कार्यरत कोठा भाडामा लिई बस्ने १९ जना पत्रकारलाई खाद्यान्न सामाग्री उपलब्ध गराई हौशला प्रदान गर्नुभएको भन्ने सञ्चार माध्यमवाट जानकारी प्राप्त गरे जुन कुरा सुनेर मेरो मन नै फुरुङ्ग भयो । ल अध्यक्ष ज्यूले राम्रो काम गर्नु भएछ भनेर । यसै क्रममा मलाई एकजना पत्रकार बन्धुले यसै काम सम्वन्धी लिंक पठाउनुभयो र मैले पढेर र त्यसमा आएका हरेक प्रतिक्रियालाई पढे । धेरैले यसलाई राम्रो काम भनेर प्रंशसा गर्नुभएको र केहीले यसलाई फरक तरिकाले प्रतिक्रिया र सुझाव राख्नुसभएको रहेछ । अनि मनमा पनि छुयो । एकजना लामो समय शिक्षाको क्षेत्रमा आफ्नो जवानीको लगानी गराउनुभएको गुरु गोकर्ण थापा ले लेख्नु भएको प्रतिक्रियाले मन छोयो । जसको सापट लिन चाहन्छु यसलाई मेरो विरोधमा लेखियो भनेर नवुझ्नुहोला । जुन यस प्रकार थियो :  हैन् पत्रकार बन्धुहरू पनि लकडाउनको कारण दैनिक ज्यालादारी मजदूर जस्तै संकटमा परेको हो रु के आफू कार्यरत संस्थाबाट आउने पारिश्रमिक रोकिएको हो ? अन्यथा नलिईयोस्, मैले नबुझेरै जिज्ञासा राखेको हो है ।

वास्तवमै राहत त ति मजदुर जो दैनिक ज्याला मजदुरी गरी कमाएर वेलुका त्यही पैसाले आफ्नो पेट पाल्ने गर्छ जसको यस विषम परिस्थितिको लकडाउनले गर्दा रोजीरोटीको जोहो गर्ने काम खोसीएको छ । ती श्रमीक मजुदुर भोकै वस्न नपरोस भनेर राज्यले वा स्थानीय सरकारले यस राहत वितरण गरेको जस्तो लागेको थियो र धेरैको वुझाई पनि यहि हुनुपर्छ । तर अहिले को अवस्था के पत्रकार बन्धुहरुको रोजगारी वा काम खोसिएको हो त रु के उनीहरुको संचार गृहले पारिश्रमिक दिन बन्द गरिएको हो रु वा यो समयमा पत्रकार बन्धुहरु काम विहिन हुने हो र रु पक्कै पनि अरु समयमा भन्दा यस समयमा पत्रकार र मिडियाको सक्रियता वढी नै हुन्छ । यस अवस्थामा त एफएम रेडियोले त त्यहाँ काम गर्ने श्रमजीवि पत्रकारलाई त्यही खान बस्न व्यवस्थापन गर्नुपर्छ यदि नगरको भए । हरेक रेडियोले आफैले आफ्नो संस्था भित्रका कर्मचारीलाई खानवस्न व्यवस्थापन गरि वेलैमा पारिश्रमिक दिनुपर्छ यो भयो भने दैनिक ज्याला मजदुरी गरी खाने अवस्थामा झै गरी अहिलेको सचेत पत्रकार वर्गलाई परिभाषित गरिनु हुदैन । वरु मिडिया हाउस भित्र महिना देखिको न्युनतम पारिश्रमिक नपाएर काम छोड्नुपरेका पत्रकारहरुका आँखा पुछनुस ।

यस काममा केही प्रश्न चिह्न उठेका छन । काम गर्दा प्रश्न उठ्नु स्वभाविक पनि छ । करिव ३०००र( को दरले १९ जनालाई ५७०००र( लागतमा यो राहत पत्रकार महासंघ सिन्धुली ले संस्थात रुपमा नेतृत्व नगरेर अध्यक्षले व्यक्तिगत आफ्नै खर्चमा गरेका हुन कि संयोजन गरि संकलन गरी राहत वाडियको हो भन्ने विषयलाई अध्यक्ष ज्यूले सम्पूर्ण पत्रकार तथा जनतामाझ प्रष्ट पारिदिनुहोला मलाई पनि जिज्ञासा लागिरहेको छ ।
कोठा भाडामा वसेका पत्रकारलाई राहत वितरण गर्नु पक्कै पनि राम्रो काम हो । राम्रो त भयो नै तर कहि हामीले हाम्रो पेशालाई सुरक्षित गर्ने पेशागत दायित्वलाई नै विर्सियौ कि अध्यक्ष जू । जोखिमपूर्ण परिस्थितिमा पनि आफ्नो ज्यानको प्रवाह नगरी सुचना संप्रेशण गर्ने पत्रकार र सञ्चार जगत यतिबेला सबैको सूचनाको स्रोत हो तर पत्रकार जो जस्तो परिस्थितिमा पनि फिल्डमा जानुपर्ने हुन्छ घर परिवार विर्सेर काम गर्नुपर्ने हुन्छ उनीहरुको लागी मात्रै हैन जस्को लागी पनि पहिलो कुरा सुरक्षा प्रथम हो । पहिला आफु बच्ने आफु सुरक्षित हुदै अरुलाई सचेतना दिने वा सञ्चार पुर्याउने काम गर्नु नै अहिलेको सवैको काम हो । त्यसकारण पहिला पत्रकार आफु सुरक्षित हुनुपर्छ । त्यसको लागी सुरक्षित मास्क, पञ्जा, सुरक्षित प्रेस ज्याकेट, क्याप, चश्मा लगाएको स्वास्थ्य सामाग्री लगायतको आवश्यक सामाग्रीको वितरणमा म अध्यक्ष ज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु । उही तपाईलाई माया गर्ने तपाइकै आफ्नै मान्छे ।

पत्राचार गर्ने
भानुभक्त श्रेष्ठ
सिन्धुली

Comment here