समाचार

कमलामाईले राहत वितरण गर्न बनायो मापदण्ड

सिन्धुली, २६ चैत्र (२०७६)

कमलामाई नगरपालिकामा रहेको स्थानीय विपद ब्यवस्थापन निर्देशक तथा समन्वय समितीको बैठक आज बजेको छ । नगर प्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा बैठक बसेको हो ।

बैठले राहत वितरण गर्न मापदण्ड बनाएको छ । सूचना अधिकारी सागर ढकालका अनुसार तलब पेन्सन प्राप्त नगर्ने घर परिवार, सामाजिक सुरक्षा प्राप्त नगर्ने घरपरिवार ( दलित वालवालिका वाहेक), खेतियोग्य जमिन नभएका र नकमाएका घरपरिवार र वैदेशिक रोजगारीमा संलग्न नभएको घर परिवारलाई राहत प्रदान गरिने छ ।

उक्त मापदण्ड अनुसारको विवरणमा घरमुलीको नाम र उसको परिवार सदस्य संख्या अनिवार्य उल्लेख हुनु पर्ने र नामावली विवरणमा वडा सचिवको दस्तखत र वडाको छाप अनिवार्य हुनुपर्नेछ ।

कमलामाई नगरपालिकाले अहिलेको सम्भावित माहामारीको विरुद्धमा दु्रत ब्यवस्थापनका कामहरु गर्दै आईरहेको उहाँले जानकारी दिनुभयो । हतार र छिटो व्यवस्थापन गर्नु पर्दा राहत वितरण जस्तो कार्य केही समस्यामा रहेका व्यक्तिसम्म नपुगेको गुनासो आएको र त्यस्तो गुनासोको शिघ्र व्यवस्थापन गरिने उहाँको भनाई छ । नगरपालिकाको राहत वितरणलाई प्रभावकारी वनाउन सवै नगरवासीहरुले सहयोग गर्नु पर्ने भन्दै गलत विवरण भरेर राहत लिएको पाईएमा यथा शिघ्र नगरपालिकामा खवर गर्न उहाँको आग्रह रहेको छ ।

कोभिड–१९ को संक्रमण अन्तरगत स्थापित आइसोलेसन सेन्टरमा अग्रपंक्तीमा काम गर्ने डक्टर तथा स्वास्थ्य कर्मिहरुलाई प्रोत्साहन स्वरुप तीन लाख उपलब्ध गराउने र उपलब्ध प्रोत्साहन रकमलाई अस्पताल प्रशासनको सिफारिस र अस्पताल व्यवस्थापन समितीको निर्णयको आधारमा सम्वन्धित डाक्टरर स्वास्थ्यकर्मीको वैक खातामा उपलब्ध गराउने निर्णय समेत भएको छ । कमलामाई नगरपालिकाले हाल सम्म ६७ अति विपन्न घरपरिवारलाई राहत प्याकेज अनुसार राहत उपलब्ध गराएको जनाएको छ ।

Comment here