समाचार

तिनपाटनमा भालुको आक्रमणबाट दुई जना घाईते

सिन्धुली, २४ चैत्र / यहाँको तिपाटन गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । ४५ बर्षिय गंगाबहादुर कार्की भालुका आक्रमणबाट घाइते हुनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं. ६ खावामा घाँस काटने क्रममा कार्कीलाई भालुले आग्रमण गरि घाइते बनाएको थियो । प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार उहाँको सिन्धुली अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि लालगढ लगिएको छ ।

यस्तै गत शुक्रबार पनि तिनपाटन गाउँपालिका ४ का अन्दाजि ५५ बर्षिय पदमबहादुर आलेमागर पनि भालुको आग्रमणबाट घाइते हुनु भएको थियो । शुक्रबार घर नजिकैको सिम्ले जंगलमा घाँस काट्न गएका उहाँलाई भालुले आक्रमण गरि घाइते बनाएको थियो । स्थानीय मेडिकलमा उपचार पछि उहाँ घर फर्किएको स्थानीयले बताएका छन् ।

Comment here