राजनीति

अन्तत : वडा अध्यक्ष पहाडिले एक हजार मास्क लुकाए कै पुष्टी (अपिल सहति)

सिन्धुली, २४ चैत्र / सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ मा एक हजार मास्कको विषय अहिले चर्चामा रहेको छ । नगरपालिकाले वडाबासिका नाममा वितरण गर्न २५०० थान मास्क पठाएको मध्ये एक हजार थान मास्क नपुगे पछि उक्त विषय चर्चामा रहेको हो ।

दुधौली नगरकार्यालिकाको ४५ औं बैठकले मास्क नभएको भनि गुनासो आएका वडाहरु, १, २, ८ र १२ मा २५०० का दरले मास्क पठाएको थियो । तर सवै वडाहरुमा २५ सय नै मास्क पुगेपनि वडा नं. १ मा १५ सय मात्र आएको भनि वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले दावि गर्नुभयो । यस विषयलाई आन्तरिक रुपमा समाधान गर्ने भन्दा पनि राजनितिक रुपमा लिईयो । पहाडी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

अन्ततः आज दुधौली नगरपालिकाले एक अपिल जारी गर्दै उक्त वडाहरुमा २५०० का दरले नै मास्क पठाएको जानकारी गराएको छ । मेयर घनश्याम राउतले जारी गर्नु भएको अपिलमा ‘वडा नं. १, २, ८ र १२ मा २५०० का दरले मास्क पठाईएको सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना गरिएको छ’ उल्लेख गरिएको छ ।

अपिल मार्फत मेयर राउतले वडा मार्फत वडाबासिलाई मास्क वितरण गर्न पठाएकोमा यो विषम परिस्थितिमा मास्क वितरणको विषयमा आरोप प्रत्यारोप नगरि सवैलाई कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने अभियानमा जुट्न समेत हार्दिक अपिल गर्नु भएको छ ।

कोरोना भाइरसबाट बच्न र बचाउनका लागि जनप्रतिनिधिहरु जनताको सेवामा लागि रहेका बेला दुधौली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले एक हजार माक्स लुकाएको व्यहोरा आज नगरपालिकाले जारी गरेको अपिलले पुष्टि गरेको छ ।

यो पनि पढ्नुस !

दुधौली नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गोविन्द पहाडीले १ हजार थान मास्क लुकाएपछि सर्वत्र आलोचना

Comment here