समाचार

दुधौलीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने

सिन्धुली, २१ चैत्र / दुधौली नगरपालिकाले चैत्र र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिका बाट उक्त भत्ता लिदै आएका ५ हजार ७ सय १५ जनालाई वितरण गरिने भएको हो ।

आज भएको कार्यपालिकाको बैठकले अग्रिम रुपमा दुई महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको मेयर घनश्याम राउतले जानकारी दिनुभयो । असारमा वितण हुने सामाजिक सरक्षा भत्ता तत्कालको अवस्थालाई मध्यनजर गर्दै अग्रिम रुपमा दिन लागिएको हो ।

कोरोना भाइरसको संक्रमण हुन नदिन गरिएको लकडाउनका कारण दैनिकि चलाउन समस्यामा परेकाहरुलाई उक्त भत्ताले सहज हुने उहाँको बुझाई रहेको छ । अवको केही दिन भित्र भत्ता विरतण गरिने समेत मेयर राउतले बताउनुभयो । बैठकले नगरपालिकामा रहेका विपन्न वर्गहरुको विवरण संकलन गरि सार्वजनिक गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई नियम अनुसार सेवा सुविधा दिईने, आवश्यक स्वास्थय सामाग्रि खरिद गर्ने लगाएतका निर्णय समेत गरेको छ ।

Comment here