समाचार

बोधि श्रवण धर्म संघद्धारा कमलामाईलाई २ लाख १ सय २१ रुपैंया सहयेग

सिन्धुली, २१ चैत्र /  बोधि श्रवण धर्म संघले २ लाख १ सय २१ रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा राहत स्वरुप सहयोग गरेको छ । कमलामाई नगरपालिका वडा नं. ८ पैरेमा रहेको संघले कोभिड–१९ को प्रकोप नियन्त्रण गर्न आर्थिक अभाव हुन नदिन सहयोग गरेको हो ।

आज कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीलाई सन्यासी गुरुमार्ग झ्याम्पा तोप्चेनले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । सिन्धुलीमा अबस्थित धार्मिक संस्थाले विपदको समयमा संस्थाको तर्फबाट माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागी टेवा पु¥याउने उद्धेश्यले सहयोग गरिएको बोधि श्रवण धर्म संघका केन्द्रिय सदस्य छत्र घिसिङले जानकारी दिनुभयो ।

विश्व नै यति वेला कोभिड–१९ ले त्रसित बनाई रहेको अवस्थामा नेपाल सरकारले गरेको लकडाउनलाई प्रभावकारीताका साथ पालना गर्न सवैमा मैत्रिय अपिल गर्दै उहाँले सवैको साथ र सहयोगले कोरोनासंगको लडाइमा जित्न सक्ने बताउनुभयो ।

विश्वनै त्रसित बनिरहेको सन्र्दभमा नेपालीहरुमा धैर्यता, आत्माबल तथा अनुशासनको आवश्यकता रहेको भन्दै आफु पनि बाँच्ने र अरुलाई पनि बचाई सुरक्षित जीवन यापनका लागि घरमा नै बस्न उहाँको मैत्रिय अपिल रहेको छ ।

Comment here