समाचार

जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्धारा पास बन्द

सिन्धुली, २० चैत्र / जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी पास बन्द गरेको छ । आज एक सूचना जारी गर्दै सवारी अत्यावसेक सेवाका बाहेक अन्य सवारी पास बन्द गरेको हो ।

कार्यालयका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी उपेन्द्र न्यौपानेले जारी गर्नु भएको सूचनामा लकडाउन आदेश कार्यान्वयनका लागि निषेधाज्ञा जारी रहेको र आज दिउँसो १२ बजे देखी अर्को सूचना जारी नहुन्जेल सम्मका लागि सवारी पास बन्द गरिएको उल्लेख गरिएको छ ।

उक्त सूचना अनुसार अत्यावसेक सेवामा सञ्चालन हुने सवारी साधन, विरामी–सुत्केरीलाई अस्पताल वा घर लैजादा, मृतकको हकमा दहासंस्कारको लागि घाट सम्म लैजान बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।

Comment here