राजनीति

दुधौली नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गोविन्द पहाडीले १ हजार थान मास्क लुकाएपछि सर्वत्र आलोचना

सिन्धुली, २० चैत्र / यहाँको दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडीले नगरपालिकाले वडाबासीलाई वितरण गर्न पठाएको २५ सय थान मास्कमा १ हजार थान माक्स गायब गरेको समाचार बाहिरिएपछि उहाँको सर्वत्र आलोचना सुरु भएको छ । उहाँ जनप्रतिनिधि मात्र होइन नेपाली कांग्रेस सिन्धुलीका कोषाध्यक्ष समेत हुनुहुन्छ ।

नगरपालिकाले एउटै गाडीमा वडा नं. १ र २ लाई बराबरी मास्क पठाएको बुझेपछि दुधौली नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा नगर प्रवक्ता रितेश राउतसँग कुराकानी गर्दा उहाँले भन्नुभयो “नगरपालिकाले एउटै गाडीमा समान साइजमा प्याक गरेका मास्कका पोकाहरुमध्ये मैले १ को वडाध्यक्ष गोविन्द पहाडीलाई रोजेर लानु भनेको हुँ । उहाँले मेरो जत्रै साइजको पोको लानुभएको हो । मैले ल्याएको पोकामा २५ सय मास्क हुदाँ उहाँको पोकामा १५ सय मात्र भयो भन्नुले मलाई अचम्म लागेको छ ।”

वडाध्यक्ष पहाडीले संकटमा पठाएको १ हजार मास्क नै गायब गरेपछि नगर प्रमुख घनश्याम राउतले कार्यपालिकाका सदस्य समेत रहेका नेकपा नेता डिल्ली बहादुर भुजेल मार्फत सबै टोलमा समानूपातिक ढगंले वितरण गर्न २ हजार मास्क पठाएपछि आफ्नो पार्टीका जिल्ला कोषाध्यक्ष समेत रहेका पहाडीको नियतमा प्रश्न उठेको कांग्रेस जिल्ला कार्य समितिका एक सदस्यले बताए ।

नगरपालिकाका प्रमुखले कोरोना संक्रमणको बेला पठाएको मास्क वितरणमा प्रश्न उठ्दै दोस्रो लटको मास्क कार्यपालिका सदस्य मार्फत वितरण हुनुले वडाध्यक्षको गरीमा र पार्टीको प्रतिष्ठा घटेको भन्दै कांग्रेस सिन्धुलीमा चर्चा चलेको छ ।

जिल्लाभरिको नेताको रुपमा रहेका कोषाध्यक्ष पहाडीले भूकम्पको समयमा नभत्किएका घरहरु भत्किएको भन्दै राज्यकोष दुरुपयोग गरेको आरोप समेत दुधौलीमा राजनीतिक चर्चाको विषय बनेको थियो । आफूलाई विपीको चेला बताउने र कार्यकर्ताको हकहितको लागि जे पनि गर्ने भन्ने वडाध्यक्ष पहाडीले कांग्रेसकै बदनाम हुनेगरी संकटको मास्क गायब गरेपछि कांग्रेस सिन्धुलीले उनलाई आन्तरिक स्पष्टिकरण समेत सोध्न लागेको कांग्रेस जिल्ला सदस्यले नाम नबताउने सर्तमा हामीलाई बताए ।

यता वडा अध्यक्ष पहाडिले नगरपालिकाले एकद्धार प्रणलिबाट वितरण गर्ने निर्णय गरेकोमा नगरपालिका मेयरले कार्यपालिका सदस्य मार्फत वितरण वितरण गर्नु गलत भएको बताउनुभयो । यस्ता अनावश्यक विषयमा राजनितिक प्रतिशोध र प्रचारबाझिमा नलाग्न आग्रह गर्दै आफुकहाँ १५ सय माक्स मात्र आएको दावि गर्नुभयो । नेकपाले पार्टीगत र राजनितिक हिसावले माक्सको वितरण गरिएको आरोप लगाउदै कर्मचारीले माक्सको पोको खोली गन्दा १५ सय मात्र पुगेको र यसमा आफ्नो कुनै प्रकारको संलग्नता नभएको बताउनुभयो । यो समयमा राजनिति गर्ने भन्दा जनतालाई सचेत गर्ने समय भएकाले यस्ता अनावश्यक विषय सिर्जना गरि जनतामा भ्रम नछर्न उहाँको आग्रह छ ।

 

Comment here