बिचार

कोभिड-१९ र यसले जन्माएको चुनौती

२१ औ शताव्दीको यस युगिन समयमा आइपुग्दा देशहरु परमाणु शक्तिको रस्साकस्सीमा थिए । चाहेको खण्मा पृथ्वीलाई नै एकैछिनमा ध्वस्त राख्न सक्थे । विश्वभर साम्राज्यवादीहरुको जुंगाको लडाई थियो र अहिले पनि जारी नै छ ।

ती सब देशका जो आफुलाई शक्तिशाली र वलमान ठान्थे तीनलाई आज एउटा कोरोना भाइरसले राम्रै चुनौची दिएको छ । सहि ट्रयाकमा ल्याएको छ । संयुक्त राज्य अमेरिका जहा संक्रमित संख्या १८९५१० र मृत्यु हुनेको संख्या ४०७६ पुगीसकेको छ र वढदो अवस्था छ तर पनि अमेरिका लकडाउन गर्न जन्मेको देश हैन भनेर डोनाल्ड ट्रम्पले दम्भ देखाई रहेको छ भने अर्को ठूलो देश जहाँबाट कोरोनाको सुरुवात भयो चीनमा संक्रमित संख्या ८२२९४ जना र मृत्यु हुनेको संख्या ३३१० जना पुगी हाल संक्रमणको स्थिति नियन्त्रणमा लिएको छ । भने इटाली जहाँ नेपाल जस्तै सरकार र नागरिक ढुक्कले हामी सुरक्षित छौ हामी गोर्खाली लाई केहि हुदैन भनेर ढुक्ले वस्दा र त्यहाँको सरकारले भनेको नमान्दा हाल संक्रमित हुनेको संख्या १०५७९२ जना र मृत्यु हुने संख्या जुन सबै भन्दा वढी १२४२८ जना रहेको छ । त्यसैले यसलाई सामान्य रुपमा लिन हुदैन ।

अनुसन्धान र प्रयोग
आज यस महामारी लाई मानव जाती र भाइरससँगको तेस्रो ठूलो विश्व युद्धको रुपमा व्याख्या गरिएको छ । जुन गम्भीर नै छ । संसारभर चमत्कारीक खोज अनुसन्धान र आविश्कार गरेका मानव जाति माथि कडा चुनौति आएको छ ।

यतिवेला फरक कित्तामा रहेका विश्वका शक्तिशाली मुलुकहरु एक हुन वाध्यकारी अवस्थामा आइपरेको छ । देशको ठुलो धनराशी कोभिड १९ को विरुद्ध ‍औषधी पत्ता लगाउन लागिपरेका छन । पशुपन्छीमा अनुसन्धान र प्रयोग हुने ठाउँमा अहिले विरामी माथी नै सिधे अनुसन्धान भइरहेको छ ।

विश्वका धेरै राष्ट्र अहिले लकडाउनले ठप्प छ । संक्रमणले महामारी फैलिएपछि घर भित्रे वसेर यसको सामना गरिरहनुपरिरहेको छ । यस संक्रमण सँग जुध्न अहिले यसवाटै पर वस्नु वाध्यता रहेको छ । यसमा नै हामी सबैको जित पनि देखिएको छ ।

नेपालमा कोरोना भाइरसको प्रभाव

नेपालमा सुरु सुरुमा यसलाई वास्ता गरिएको थिएन । विस्तारै चिनको उहान वाट सल्किएको यो संक्रमण ले विश्वव्यापी महामारीको रुप लियो त्यसपछि मात्रै नेपालमा ढिलो आएर यस संक्रमणवाट नेपाललाई जोगाउन सरकारवाट पहल भयो । भारतमा समेत यसको संक्रमण फैलिइ मानिसहरु मर्न थालेपछि धेरै ढिलो भारतको सीमा समेत अस्थायी रुपमा वन्द गरियो भने हवाई यातायातलाई पनि अस्थायी रुपमा बन्द गरिएको छ ।

नेपाललाई के थाहा छ भने यदी नेपालमा यसको संक्रमण फैलियो भने नेपालको स्रोतले यसलाई नियनत्रण गर्न सक्दैन । यहि चेतले अहिले नेपाल पनि लकडाउन कै वाटोमा छ र नेपालका नागरिक घरघरमा छन ।

नेपालले देशभर उचित संख्यामा क्वारेन्टाइन र आइसुलेसन वनाउन सकेको छैन ।

भने वनाउन प्रयास गरिरहेको छ । तर प्रयाप्त भएको भने छैन । नेपालले सिक्नुपर्ने पाठहरु र शिक्षाहरु धेरै देखिएको छ तर पनि सिमित स्रोत र साधनको वावजुत पनि नेपालले निडर भइ जुन कदम चालेको छ त्यो प्रशंसनीय छ र अरु पनि थप सचेत गराउन आवश्यक छ । आवश्यकता अनुसार देशको सेना शसत्र समेत परिचालन गराउन आवश्यक छ भने विभिन्न देशवाट आएका नागरिकलाई विशेष ध्यानमा राखी अनिवार्य परिक्षण गर्नुपर्छ ।

राज्य कहाँ छ ?

राज्यको अनुभुति जनतालाई गराउनु पनि महत्वपूर्ण छ । देशभित्र रहेका काम गरि विहान वेलुका गरि खाने वर्गका जनता भोकभोकै मर्न नपरोस । उनीहरुको उचित व्यवस्थापन गर्न उचित राहतको व्यवस्थापन गर्न आवश्यक छ ।

मुलुक संघीय संरचना गइसकेको अवस्थामा जनताले संघीय सरकारको अपेक्षा वढी भन्दा वढी गरेको देखिएको छ । आज स्थानीय सरकारले जती मात्रामा जनतालाई हामी तपाईको गाउँपालिकामा र वडामा छौ भनेर देखाउनुपर्ने थियो त्यो देखाउन सकिरहेको छैन । स्थानीय सरकारको यस विषम परिस्थितिमा जस्तो क्रियाशिलता हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन ।

जनताको दायित्व

मुल रुपमा अहिलेको यो विश्वव्यापी कोरोना भाइरसको महामारीको अवस्थामा सरकारले भनेको आदेश पालना गर्नु नै जिम्मेवार नागरिकको मुख्या दायित्व रहन्छ । हामीले आफ्नो आनीवानीमा सुधार गरी घरमै वसेर जमघटलाई केही समयको लागी त्याग्‍ने अनि नियमित सरसफाईमा ध्यान दिने नियमित हात धुने र जनचेतना फैलाउने काम गर्नु आवश्यक छ । सम्भावित कोरोनाको लक्षण देखिएमा नजिक स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नु आवश्यक छ । मुल रुपमा हामी घरमा वस्नु नै अहिलेको हाम्रो यस महामारी वच्ने उपयुक्त उपाए हो यहि नै हाम्रो दायित्व हालको अवस्थामा रहेको छ ।

जन्म र मृत्यु सत्य हो, भय किन ?

कोरोनाले विश्वभर महामारी लिइसहेको छ । नेपाल जस्तो देशमा हालसम्म कोरोना लागेर कोहीले ज्यान गुमाउनु परेको छैन । जुन राम्रो छ तर कोरोनाको त्रासले भने ज्यान उचित उपचार नपाउदा ज्यान गुमाइरहनुपरेको छ । कोरोनाको आशंकामा उपचार गराईरहेका मध्यवाट केही को मृत्यु भइसकेको छ तर मरिसकेपछी कोरोना नेगेटिभ देखिरहेको छ । यसरी भएवाटै पनि असर परिरहेको देख्‍न सकिन्छ । मृत्यु त सत्य हो त्यसैले आफुलाई मनोवैज्ञानिक रुपमा सन्तुष्ट राख्नुपर्छ । जसले सम्भावित जोखिमवाट हामीलाई वचाउने छ त्यसकारण मृत्यु सत्य हो भयवाट आफुलाई बचाउन सक्नुपर्छ ।

चुनौतीको चाङमा नेपाल

विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणले नेपाल चुनौतीको चाङमा परेको छ । तर हालीलाई विश्वसँग सिक्ने अवसर छ तर समय भने छैन । नेपाल त्यस्तो मुलक हो जहाँ झाडापखालाले गाँउ सकिन्दा सम्म पनि उचित स्वास्थ्य सेवा जनताले पाउदैनन् । कठिन भौगौलिक वनावटको कारण र दक्ष जनशक्तिको अभाव र गाँउघरमा दक्ष जनशक्ति नजाने प्रचलनका कारण यस महामारीको आगो सल्केर अगाडी वढेको खण्डमा देशलाई सखाप पार्ने निश्चित छ । जसले को धनी को गरिव हेर्ने छैन । जसले को सानो को ठूलो हेर्ने छैन । को बलियो को कमजोर हेर्ने छैन । को राम्रो को नराम्रो हेर्ने वाला छैन । को सरकार पक्षीय को विपक्ष हेर्नेवाला छैन । को कम्यृूनिष्ट को काँग्रेस हेर्ने वाला छैन । को केपी वली को प्रचण्ड को शेरवहादुर देउवा कसैलाई हेर्नेवाला छैन चिन्नेवाला छैन तसर्थ वेलैमा सचेत वनौ । धन्यवाद !

भानुभक्त श्रेष्ठ
अनेरास्ववियु सह-संयोजक

जिल्ला कमिटी सिन्धुली ।

Comment here