समाचार

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

सिन्धुली, १७ चैत्र / विपि राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझिटारमा एम्बुलेन्स दुर्घटना भएको छ । काठमाण्डौबाट धनुषा तर्फ जाँदै गरेको ज १ च ७७७ नं को एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

उम्बुलेन्समा बयोदा अस्पताल बल्खुमा उपचार पस्चात डिस्चार्ज भई आएका अनिल यादब लगायत निजका आफन्तहरू रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उम्बुलेन्स अन्दाजि ३५ फिट तल झरेको थियो ।

दुर्घटनामा धनुषाको सबैला नगरपालिका ४ पटेर्वा बस्ने बर्ष २१ को अनिल यादब, २० बर्षिया सन्जु यादब, ३० बर्षिय मदन यादब, २८ बर्षिय श्रीराम यादब, सिराहाको मिर्चेया नगरपालिका ३ राँगे बस्ने २५ बर्षया सुसिला यादब र मिर्चेया नगरपालिका ६ बस्ने ३५ बर्षिय संजिब कुमार थादब घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here