समाचार

कमलामाईद्धारा ३३ जना श्रमिकलाई राहत वितरण

सिन्धुली १७, चैत्र / कमलामाई नगरपालिकाले आज ३३ जना श्रमिकहरुलाई राहात वितरण गरेको छ । खोलाको किनारमा गिट्टी कुटेर दैनिकि चलाई रहेकाहरुलाई राहत वितरण गरेको हो ।

खोलाको किनारमा गिट्टी कुटेर जीवन निर्वाह गरि रहेका श्रमिकलाई राहत वितरण गर्दै कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्वल थापा ।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन गरेको लकडाउनका कारण श्रमीक तथा विपन्न वर्गहरुलाई दैनिकि चलाउन समस्या भएको भन्दै रहात प्याकेज ल्याईएको कमलामाई नगरपालिका मेयर खड्गबहादुर खत्रीले बताउनुभयो ।

आज श्रमिकहरुलाई मेयर खत्रीले प्रति व्यक्ति २० के.जी. चामल, ३ के.जी. दाल, १ के.जी. चिनि, २ के.जी. आलु, ५० ग्राम बेसार, १ लिटर तेल र १ के.जी. नुन प्रदान गर्नु भएको थियो । नगरपालिकाको सम्पर्कमा आएका ३३ जन श्रमिकलाई राहत दिईएको र अरुलाई पनि सम्पर्कमा आउन मेयर खत्रीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘कमलामाईले सवै श्रमिकहरुलाई प्याकेज प्रदान गर्नेछ र छुटेकाहरुको खोजि अभियान भै रहेको र भोलि पनि प्रदान गरिनेछ ।’

यस्तै नगरपालिकाले स्वास्थय विमा गराएका ३९४ जना विपन्न वर्गहरुलाई पनि रहात प्रदान गर्ने योजना रहेको मेयर खत्रीले बताउनुभयो । नगरपालिकाले लकडाउन अवधिभरका लागि श्रमिक तथा विपन्न वर्गहरुलाई खान पुग्ने रहात प्याकेज ल्याएकाले सवैलाई प्रदान गर्नेछ । यस्तै कार्यपालिकाको बैठकबाट पनि समस्यामा परेका नगरबासिहरुको समाधान गर्ने खालका निर्णय गर्ने उहाँले बताउनुभयो ।

लकडाउनको समयमा अनावश्यक रुपमा बजार क्षेत्रमा ननिक्लन आग्रह गर्दै उहाँले नगरपालिकाले घुम्ति पसल सेवा सञ्चालन गरेकाले सवै नगरबासिले आवश्यकता अनुसारको दैनिक उपभोग्य वस्तु सहजै पाउने बताउनुभयो । नगरबासिले खान नपाए आफुलाई ९८५४०४१०२९ मा खबर गर्न समेत आग्रह गर्नुभयो ।

Comment here