समाचार

सहजै दैनिक उपभोग्य बस्तु पाउने व्यवस्था मिलाएका छौ : मेयर खत्री

सिन्धुली, १५ चैत्र ÷ कमलामाई नगरबासिले दैनिक उपभोग्य सामान सहजताका साथ उपभोक्तालाई प्रदान गर्न व्यवसायिलाई आग्रह गरेको छ । आज बाट सुलभ घुम्ति पसल सेवा सुरु भएको जानकारी गराउदै उपभोक्ताको आवश्यकता अनुसार सामान दिन आग्रह गरेको हो ।
यो संकटको समयमा कमलामाई नगपरपालिकामा दैनिक उपाभेग्य बस्तु प्रसस्त रहेको भन्दै आत्तिएर धेरै स्टक नराख्न मेयर खड्गबहादुर खत्रीले उपभोक्तालाई आग्रह गर्नुभयो । उपभोक्तालाई हिजो जसरी सामान खरिद गर्ने गरिएको थियो त्यहि अवस्थामा सामान सोही पसलमा खरिद गर्न आग्रह गर्दै उहाँले उपभोक्तालाई सामान छैन भनेर फिर्ता नपठाउन आग्रह गर्नुभयो ।

दैनिक उपभोग्य सामान नपाएमा आफुलाई खबर गर्न आग्रह गर्दै उहाँले व्यवसायिलाई सामान नभए उद्योग बाणिज्य संघ सिन्धुली संग समन्वय गर्न अथमा आफुलाई जानकारी गराउन आग्रह गर्नुभयो । यदि सामान छैन भन्दै उपभोक्तालाई फिर्ता पठाएमा नगरपालिकाले त्यस्ता व्यपारिलाई कारबाही गर्नेछ उहाँले भन्नुभयो । व्यवसायिहरुले हिजोको जसैगरि पसलमा सामान लैजान सक्ने छन् ।
बजार क्षेत्रमा अतिआवश्यक सामान खरिदको बाहनामा मानिसको भिडभाड बढ्न थालेको र कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरेको समेत मेयर खत्रीले बताउनुभयो ।

Comment here