समाचार

कमलामाईद्धारा बजार क्षेत्रमा कोरोना बिरुद्ध कीटनाशक औषधि स्प्रे

सिन्धुली, १५ चैत्र /  सिन्धुलीको कमलामाई नगरपालिकाले आज बजार क्षेत्रमा कीटनाशक औषधी स्प्रे गरेको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध कीटनाशक औषधि स्प्रे गरेको हो ।

विश्वलाई नै आतंकित बनाई रहेको कोरोना भाइरस विरुद्ध कमलामाईले बजार क्षेत्रमा पहिलो पटक ३५ सय लिटरको कीटनाशक बिषादी स्प्रे गरेको मेयर खड्गबहादुर खत्रीले बताउनुभयो । ‘यस बाहेक झण्डै ३५ सय लिटरलाई पुग्ने कीटनाशक औषधि रहेको र बजार क्षेत्रमा स्प्रे गर्नेछौ ’ उहाँले भन्नुभयो ।

२ नं. बजार, गैरी बजार, १ नं. बजार, स्टलबजार, धुराबजार लगाएत बजार क्षेत्रमा कीटनाशक औषधि स्प्रे गर्ने नगरको निर्णय अनुसार स्प्रे गरिएको उहाँले बताउनुभयो । कमलामाई नगरपालिकाले कोरोनाको संक्रमण हुन नदिन विभिन्न कार्यक्रमहरु गरि रहेको समेत उहाँले जानकारी दिनुभयो । नगरबासिहरुमा कोरोनाको संक्रमाण हुन नदिन नगरपालिकाले विभिन्न कार्यक्रम गरि रहेको र नगरले गरेका निर्णयहरुको पालना गर्न पनि नगरबासिहरुमा आग्रह गर्नुभयो ।

विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाईरसबाट यहाँ कुनै असर तथा क्षति नहोस भन्ने पक्षमा हामी छौ र कोरोना विरुद्ध लड्न पूर्वतयारी अप्नाई रहेको अवस्थामा सुरक्षित तवरले घरमा नै बसेर नगरलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

Comment here