समाचार

नेपालमा कोरोना संक्रमितको संख्या चार

सिन्धुली, १४ चैत्र / विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा चार जनामा पुगेको छ । कैलालीको धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएसंग संक्रमितको संख्या चार पुगेको हो ।
दुबईबाट नेपाल आएका ३४ बर्षिय ती व्यक्ति कोरोनाको संक्रमण भएको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यसअघि ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने १ जना उपचार पछि निको भएका छन् ।

यता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ३ सय ६१ जना पुगेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तथ्याङ्कमा उल्लेख भए अनुसार संक्रमितको संख्या ५ लाख ४२ हजार ७ सय ८८ जना पुगेको छ जसमध्ये १ लाख २४ हजार ३ सय ५१ जना स्वस्थ भएका छन् ।

Comment here