समाचार

कोभिड-१९ विरुद्ध पूर्व तयारी संगै दुधौलीमा घर–घरमा टोली परिचालन

एनबि अधिकारी

सिन्धुली, १४ चैत्र ÷ दुधौलि नगरपालिकामा प्रवेस गर्ने नाकाहरुमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । नगरपालिकामा प्रवेस गर्ने झुगाँ, खोक्सा, र सिम्राइ नाकामा प्रवेश रोक गर्न प्रहरी परिचालन गरिएको हो ।

यस्तै दुधौली नगरपालिकाले सवैको घर घरमा पुगेर लकडाउनको अवधिभर अत्यावसेक काम बाहेक हिड्डुल नगर्न आग्रह गरिएको मेयर घनश्याम राउतले जानकारी दिनुभयो । घर–घरमा स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधिको टोली पठाई नियमित सावुन पानीले हात धुन र कोरोनबाट बच्ने उपायका बारेमा समेत जानकारी गराईदै आई रहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले उत्पादन गरेको माक्स वडामा दिईएको र वडा स्तरबाट पनि निःशुल्क माक्स वितरण भै रहेको छ ।

यस्तै नगरपालिकामा विदेशबाट आएका ३७ जना ब्यक्तिहरुको निगरानी गरि रहेको छ । स्वस्थ्यकर्मी र नगर प्रहरीको टोलीले विदेशबाट आएका व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गरि रहेको मेयर राउतले जानकारी दिनुभयो ।

यदि कुनै पनि व्यक्तिमा कोरोनको लक्ष्यण देखिएमा २ वेडको आइसोलेसन र निगरानिमा राख्न दुधौलीमा रहेको कवड हलमा १० वेडको क्वारेन्टाईन निर्माण गरिएको र थप १० वेडको क्वारेन्टाईन निर्माण भै रहेको उहाँले जानकारी दिनुभयो । प्राथामिक स्वस्थ्य केन्द्र सिर्थौलीमा २ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको र कमला माध्यमिक विद्यालय भलुवाहिमा १० वेडको क्वारेन्टाइन निर्माण सम्पन्न हुन लागेको उहाँको भनाई रहेको छ । यसका साथै नगरपालिकाले हेल्थ डेक्स, फिवर क्लिनिक स्थापना रसर्वसाधारणलाई कोरोनाबारे जानकारी गराउन प्रचास प्रसारको काम पनि तिव्र रुपमा भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले विरामीको उपचारमा संलग्न डाक्टरहरुलाई सुरक्षित हुने ७ सेट पिपिइ खरिद गरेको र अरु पनि खरिद गर्ने योजना रहेको उहाँले बताउनुभयो । स्वास्थ्य सामाग्रि आवश्यक मात्रामा खरिद गर्न पनि कहि नपाईने हुँदा नगरपालिकाले सवै तिर यसको खोजी गरि रहेको र अत्यन्तै आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु खरिद गर्ने छौ उहाँले भन्नुभयो ।

दुधौलि नगरपालिकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पुर्व तयारीका कामहरु गरि रहेको र सवैलाई घर–घरमा बस्न उहाँले आग्रह गर्नुभयो । लकडाउनको समयमा कुनै पनि व्यक्तिलाई केही समस्या परेमा नगरपालिकालाई खवर गर्न पनि आग्रह गर्नुभयो र सवैले सवाधानी अप्नाएमा पनि यसको संक्रमणबाट बच्न सकिने भन्दै नगरबासिमा नआत्तिन तर सावधानि अप्नाउन आग्रह गर्नु भएको छ ।

Comment here