समाचार

सवैलाई निःशुल्क माक्स वितरण गर्छौ : वडा अध्यक्ष राउत

एनबि अधिकारी

सिन्धुली, १४ चैत्र / तिनपाटन गाउँपालिका वडा नं. १ वेलघारीका सवै स्थानीयलाई निःशुल्क माक्स वितरण गरिने भएको छ । वडा आफैले माक्स उत्पादन गरि सवै वडा बासिलाई हात–हातमा निःशुल्क माक्स दिने भएको हो ।

यतिवेला कोभिड १९ ले विश्वलाई नै त्रसित बनाई रहेको छ । यस घडिमा वडाबासिहरुलाई यसको संक्रमण नहोस भन्ने उद्धेश्यले माक्स वितरण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष  गोविन्द राउतले बताउनुभयो ।

माक्स उत्पादन गर्न चाहिने आवश्यक सामाग्रि सिन्धुलीबाट खरिद गरि ल्याइएको र हाल ६ जनाले दैनिक माक्स उत्पादन गरि रहेको उहाँले जानकारी दिनुभयो । हाल सम्म १३ सय माक्स उत्पादन भै सकेको छ । अवको केही दिन भित्रमा सवैको घर घरमा पुगेर माक्स वितरण गर्नेछौ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो ‘हाल बजारमा पनि माक्स किन्न सक्ने अवस्था छैन, वडाबासिहरुमा माक्स लगाउन नपाएको गुनासो र कोरोनाको त्रास रहेको अवस्थामा वडाले हाल सम्म माक्स नपाएका सवैलाई निःशुल्क माक्स वितरण गर्नेछ ।’

यस्तै वडाले सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न सवै नागरिकलाई सचेत गराउदै कोभिड १९ बाट बच्ने उपायका बारेमा जानकारी दिदै तीन स्थानमा सावुन पानि सहतिको धारा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडाले ३ वेडको क्वारेन्टाईन बनाएको र क्वारेन्टाइन वेडको संख्यालाई थपिने उहाँको भनाई रहेको छ । साथै वडाले विदेशबाट आएका ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यकर्मीको टोलिले नियमित चेकजाँच गरि रहेको उहाँले बताउनुभयो ।

वडाले कोरोना विरुद्ध लड्न र वडाबासिलाई सुरक्षित महसुस हुने गरि काम गरि रहेको भन्दै नअत्तिन तर सावधानी र संयमित हुन भने उहाँले आग्रह गर्नु भएको छ ।

Comment here