समाचार

सिन्धुली अस्पतालमा उपचार गराई रहेका युवामा कोरोना नभएको पुष्टि

सिन्धुली, १३ चैत्र / सिन्धुली अस्पतालको आइसोलेसन वेडमा उपचार गराई रहेका कमलामाई नगरपालिका वडा नं. २ का एक १९ वर्षिय युवामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ ।स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ रिपोर्ट आए पछि उहाँमा कोरोना नभएको पुष्टि भएको हो ।

सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीका अनुसार भारतको सिलगुढीबाट सोमबार घरमा आएको ज्वरो तथा खोकी लागेपछि आइसोलेसनमा भर्ना गरिएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।

सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा नै उपचार गराई रहेका अर्का एक पुरुषको भने रिपोर्ट आउन बाँकी रहेको सिन्धुली अस्पतालले जनाएको छ ।

Comment here