समाचार

सिन्धुलीमा हात्तीको आक्रमण, २ जना घाइते

सिन्धुली, १३ चैत्र  / यहाँको दुधौली नगरपालिका १ गिचियानीमा गए राती हात्तीको आक्रमण बाट दुई जना घाईते भएका छन् । स्थानीय तिर्थ बरालका अनुसार अन्दाजि ५० बर्षिय देवु धामी र उहाँकी श्रीमति अन्दाजि ४१ बर्षिय फुलवती धामी घाइते हुनु भएको हो ।

उहाँहरुलाई घरबाट  हात्तीले सुँढले तानेर फलिदिएको उहाँले जानकारी दिनुभयो । आज विहान उहाँहरुको उपचारका लागि आमा मेमोरिएल अस्पताल डकाहामा पठाइएको छ । हात्तीले घरमा समेत क्षती पु¥याएको छ । कोारेनाको संक्रमण हुन सक्ने भन्दै घरमा नै बसेका त्यस क्षेत्रका स्थानीय बासिन्दामा अहिले हात्तीको त्रास थपिएको छ ।

Comment here