समाचार

सिन्धुलीमा फेरी एकजनालाई आइसोलेसनमा भर्ना

सिन्धुली, १२ चैत्र / सिन्धुलीमा आज थप एक जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका १२ का ५५ बर्षिय एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेसनमा भर्ना गरिएको हो ।

सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि आज अस्पतालमा आएका थिए । उहाँमा १०४ डिग्री ज्वरो, खोकी लगाएतका लक्षण रहेकाले आइसोलेसनमा हालेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती विरामीका छोरा १४ दिन अघि दुवईबाट नेपाल आएका थिए । डा. प्रसन्नका अनुसार कोरोना संक्रमण हुन सक्ने आशंकामा आइसोलेसनमा राखि उपचार गरिएको र उहाँको स्वाव परिक्षणका लागि काठमान्डौ पठाइने छ ।

Comment here