समाचार

गाउँ घरमा आएका नयाँ व्यक्तिको विवरण संकलन हुने

सिन्धुली, १२ चैत्र / सिन्धुलीमा गाउँ घरमा आएका नयाँ व्यक्तिको विवरण संकलन हुने भएको छ । क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिको बैठक अनुसार गाउँ आएका सवै व्यक्तिको विवरण संकलन गरिने भएको हो ।

उक्त समितिको निर्णय अनुसार प्रत्येक वडाहरुमा सम्वन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधि संयोजक, नजिकको प्रहरी कार्यालयको प्रमुख वा प्रतिनिधि सदस्य, सम्वन्धित कार्यक्षेत्र भएको स्वास्थ्य चौकीका प्रमुख वा प्रतिनिधि सदस्य रहने समिति गठन गरिने छ ।

उक्त समितिले तत्काल नै विदेश, छिमेकी देश वा अन्य जिल्लावाट भ्रमण गरि हालसाल मात्रै घरमा फर्किएका साथै सो स्थानमा भम्रण गर्ने नव आगन्तुकको नाम, थर, ठेगाना र सम्पर्क नं सहितको विवरण संकलन गर्ने निर्णय गरिएको छ ।

भारत तथा अन्य मुलुकबाट पनि नागरिक आएको भन्दै जिल्लामा त्रासको अवस्था रहेको भन्दै नवआगन्तुकको विवरण संकलन गर्ने र कोभिड १९ को संक्रमण भएको शंका लागे तत्काल नै क्वारेन्टाइनमा राखिने समेत राखिने भएको छ ।

जिल्लको कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले यस अघि नै सम्बन्धित जनप्रतिनिधिहरुलाई आफ्नो क्षेत्रमा आउने नयाँ व्यक्तिको निगरानी गर्न आग्रह गरेको थियो ।

Comment here