समाचार

शिद्धेश्वर खानेपानीद्धारा अस्पताललाई ५० हजार सहयोग

सिन्धुली, १२ चैत्र / शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सिन्धुली अस्पताललाई ५० हजार रुपैंया सहयोग गरेको छ । कोभिड १९ को संक्रमणको शंका लागेपछि विरामीको उपचार गर्ने आइसुलेसन कक्ष निर्माण गर्न सो रकम सहयोग गरेको हो ।

सिन्धुली जिल्ला अस्पताललाई कोरोना संक्रमित विरामीहरुको उपचारमा सहयोग पुग्ने उद्धेश्यले सो रकम प्रदान गरेको संस्थाका अध्यक्ष महेन्द्र देव श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक अभावका कारण आईसुलेसन कक्ष निर्माणमा समस्या नहोस भन्दै ५० हजार रुपैंयाको चेक अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

Comment here